• १२ असार २०८२, बिहिबार

एमाले नेतृ पाण्डे र तिमिल्सेनाको निलम्वन फुकुवा

blog

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक ।

गोरखापत्र अनलाइन

काठमाडौँ, असार ११ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाको निलम्वन फुकुवा गरेको छ । 

ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज बसेको ५३ औँ सचिवालय बैठकले पाण्डे र तिमिल्सेनाको निलम्वन फुकुवा गरिएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

गत पुस १० गते बसेको सचिवालय बैठकले उहाँहरूलाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्वन गरेको थियो । उपमहासचिव ज्ञवालीले पार्टीमा उहाँहरू दुवै जनालाई पार्टी काममा खटाउने निर्णय गरेको बताउनुभयो । पार्टीभित्र राख्नुपर्ने कुरा सार्वजनिक गरेपछि स्थायी कमिटी सदस्य पाण्डे र तिमिल्सेनालाई कारबाही गरेको थियो ।