• १२ असार २०८१, बुधबार

राष्ट्रिय फुल कन्ट्याक्ट कराते अर्को साता

blog

कराते प्रतियोगिता बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, वैशाख १७ गते । नेपाल क्योकुसिन कराते डो सङ्घ वज्रको आयोजनामा १८औँ राष्ट्रिय पुरुष तौल समूह तथा १७ औँ राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता वैशाख २४ गतेदेखि हुने भएको छ ।

प्रतियोगिताको पुरुषमा चार र महिलामा एक गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष जगतप्रसाद गौचनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पुरुषमा ५० केजीमुनि, ६० केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा भिडन्त हुनेछ । महिलामा खुला तौलसमूहमा खेल हुनेछ ।

प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपीएफबाट ७५ पुरुष र ३५ महिला गरी एक सय १० खेलाडीको सहभागिता रहनेछ । पुरुष/महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १० हजार, पाँच हजार र २५ सय रुपियाँ पुरस्कार प्रदान गरिनेछ । चौथो हुने खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ । अध्यक्ष गौचनले विभिन्न मार्सल आर्ट्स खेलको राम्रो पक्षलाई समेटेर वज्रको प्रतिपादन गरेको पनि बताउनुभयो ।