• २७ वैशाख २०८१, बिहिबार

पथरीशनिश्चरे गोल्डकप जेठमा

blog

प्रतियोगिता बारे जानकारी दिँदै आयोजक ।

हरि कोइराला

उर्लाबारी, वैशाख १५ गते । मोरङको पथरीशनिश्चरे नगरपालिकामा अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्ड कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । प्रतियोगिताको  आयोजक पथरी—११ फुटबल क्लबले  शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।  

जेठ १२ गते देखि पथरीशनिश्चरेको जाँतेमोडस्थित प्रस्तावित नगर रङ्गशालामा हुने प्रतियोगितामा राष्ट्रिय लिग खेल्ने ४ वटा ए डिभिजनका क्लब सहित १० टिमले भाग लिने छन् । जसमा एउटा भारतीय टिम रहनेछ । 

प्रतियोगिताका विजेतालाई चार लाख रुपियाँ र उपविजेता टिमलाई दुई लाख रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । गोल्डकप आयोजना गर्न ४० लाख ८५ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।