• २ असार २०८२, सोमबार

वराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

blog

धरान (सुनसरी),  असार२ गते । सुनसरीको वराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ ।

वराहक्षेत्रमा नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्ती आज बिहान मृत अवस्थामा फेला परेको वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । 

आज बिहान स्थानीयवासीले हात्ती मृत भेटिएको खबर गरेको उहाँले बताउनुभयो । कार्कीका अनुसार झण्डै ५ देखि ७ वर्ष उमेरको भाले हात्ती छ ।

हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन । जिल्ला वन कार्यलय सुनसरी, कोशीटप्पु वन्यजन्तु आरक्षसहितको टोलीले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको नगरप्रमुख कार्कीले बताउनुभयो । रासस