• १३ असोज २०८१, आइतबार

लुम्बिनी प्रदेश च्याम्पियन

blog

काठमाडौँ, वैशाख १७ गते । प्रथम वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा कर्णाली प्रदेशलाई ३१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो । 

लुम्बिनीले दिएको एक सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले २८ र विपिन रावतले २३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सक्नुभएन । बलिङमा लुम्बिनीका अभिषेक गौतमले पाँच विकेट लिनुभयो । नर सार्कीले दुई तथा देव खनाल र निर्मल गुरुङले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १६ रन बनाएको थियो । लुम्बिनीका लागि म्रिनाल गुरुङले २७ रन बनाउनुभयो । विराट भण्डारीले २६ र कृष्ण कार्कीले २२ रन बनाउनुभयो । बलिङमा कर्णालीका लागि युनिस ठकुरीले तीन विकेट लिनुभयो । दिनेश अधिकारी र दिवन पुनले दुई दुई तथा प्रकाश जैशीले एक विकेट लिनुभयो ।