शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत २३ गते । फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुहुने भएको छ ।
नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले सफलताको शुभकामना दिदै अनितालाई सोमबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
अनिता मङ्गलबार काठमाडौँबाट लुक्ला प्रस्थान गर्नुहुनेछ । करिब एक सातामा बेसक्याम्प पुगेपछि स्वास्थ्यलगायतको स्थिति हेरेर आरोहण मिति तय हुने अनिताले बताउनुभयो । अनिताले आरोहण क्रममा ओलम्पियन सङ्घ, खेलाडी सङ्घ, नेपाल फेन्सिङ सङ्घलगायतको झण्डा लिएर जानुहुनेछ ।
नेपालमा भएको १३औँ दक्षिण एसियालीकी रजत विजेता अनिताले यसअघि ६ हजार ३८ मिटर उचाइको छुलु फारइस्ट हिमाल आरोहण गर्नुभएको थियो ।