• ३० वैशाख २०८१, आइतबार

नेपाल र वेस्ट इन्डिज ए बीच प्रतिस्पर्धा हुँदै

blog

काठमाडौँ, वैशाख १६ गते । नेपाल र वेस्ट इन्डिज ए बीच आज पनि प्रतिस्पर्धा हुँदै छ । खेल मध्यान्ह सवा १२ बजेबाट त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ । 

शनिवार भएको पहिलो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो । आज सिरिजअन्तर्गतको दोस्रो खेल खेल्न लागेको हो । आजको खेल जित्दै नेपाल सिरिजमा दुई-शून्यको अग्रता निकाल्न चाहन्छ । नेपालले तेस्रो खेल बुधवार र चौथो बिहीबार तथा अन्तिम खेल शनिवार खेल्नेछ ।