• २८ वैशाख २०८१, शुक्रबार

जापानमा उकेश र टार्जनलाई कांस्य

blog

काठमाडौं, वैशाख १५ गते । २०औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा शनिबार नेपालले दुई पदक जितेको छ । जापान वाटाको आयोजनामा भइरहेको सो प्रतियोगितामा टार्जन कायात मगर र उकेश थापा मगरले पुरुष ३० केजी मुनि तौल समूहमा कांस्य पदक जित्नुभएको हो । 

टार्जनले ६.६० र उकेशले ६.६३ स्कोर गर्नुभएको थियो । २४ देशको सहभागिता रहेको सो प्रतियोगिताअन्तर्गत आइतबार साग स्वर्णधारी वीरबहादुर महराले ७४ केजी मुनि प्रतिस्पर्धा गर्नुहुनेछ । 

यसैगरी निरज देउवा, चन्द्रबहादुर राना मगर, धनबहादुर तामाङ, सानी रानामगरलगायत अन्य खेलाडीको पनि आइतबार पदक जित्ने प्रयास गर्नुहुनेछ । प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले आइतबार नेपालले स्वर्ण पदक जित्ने भनाइ राख्नुभएको छ ।

जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो सङ्घ  र ओसाका तेक्वान्दो सङ्घको सहयोग रहेको छ ।