• ३१ वैशाख २०८१, सोमबार

‘खेलाडीले प्रेसर अझै म्यानेज गर्नसक्थे’

blog

काठमाडौँ, वैशाख १६ गते । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले आफ्नो टोलीले अझ राम्रोसँग प्रेसरलाई म्यानेज गर्नुपर्ने बताउनुभएको छ । 

वेस्ट इण्डिज ‘ए’ सँगको दोस्रो टी–२० क्रिकेटमा आइतबार १० रनको हार खपेपछि प्रशिक्षक मोन्टीले सो धारणा व्यक्त गर्नुभएको हो । बलिङमा साझेदारी राम्रो रहेको उल्लेख गर्दै प्रशिक्षक मोन्टीले सागर ढकाल र कुशल भुर्तेलको बलिङ सुखद रहेको बताउनुभयो ।

प्रशिक्षक मोन्टीले राम्रो सुरुवात गरेपनि लोकेश बमको  कम्ब्याकपछि मोमेन्टम चेन्ज भएको प्रतिक्रिया दिनुभयो । पावर प्लेमा छिट्टै विकेट पतन हुँदा दबाबमा परेको उहाँको भनाइ छ । तर, त्यो दबाब नेपालले अझै राम्रोसँग म्यानेज गर्नसक्ने प्रशिक्षक मोन्टीको बुझाइ छ । प्रशिक्षक मोन्टीले टी–२० मा यस्तो अवस्था आउने बताउनुभयो । तर, यहाँबाट सिक्नुपर्ने उहाँको भनाइ छ ।

प्लेइङ–११ मा सबैलाई आफ्नो भूमिका राम्रोसँग दिइएको हुने तर आज त्यसअनुसार हुन नसकेको प्रशिक्षक मोन्टीको भनाइ छ । उहाँले आजको खेलमा ब्याटिङ साझेदारीमा कमी देखिएको पनि बताउनुभयो । यद्यपि, रोहितले राम्रो खेलेको उहाँको भनाइ छ ।