अन्तिम खेल उत्कृष्ट खेल्छौँ : कप्तान पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डविरुद्धको खेलमा राम्रो खेलेर नतिजा हात पार्ने बताउनुभएको छ ।
विश्वकप क्रिकेट लिग–२ : नेपाल नामिबियासँग दुई विकेटले पराजित
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ ।
अल्फा तेक्वान्दो डोजाङ च्याम्पियन
दाङको घोराहीमा भएको तेस्रो अल्फा दाङ जिल्लास्तरीय खुला तेक्वान्दो प्रतियोगिता–२०८० मा आयोजक अल्फा तेक्वान्दो डोजाङ घोराही च्याम्पियन बनेको छ ।
ब्रेन्टफर्डमाथि सिटीको कठिन जित
म्यानचेस्टर सिटीले इङ्लिस प्रियिमर लिगमा ब्रेन्टफर्डमाथि कठिन जित निकालेको छ । घरेलु मैदान मङ्गलबार राति भएको खेलमा सिटीले ब्रेन्टफर्डलाई १–० गोलले हरायो ।
नेपालद्वारा नामिबियालाई १६९ रनको लक्ष्य
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ६९ रनको मध्यम लक्ष्य दिएको छ ।
वाफ महिला फुटबल : नेपालको विजयी सुरुवात
साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रङ्गशालामा मङ्गलबार राति भएको खेलमा नेपालले सिरियालाई ४-१ गोलले हरायो ।
नेपाल नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
बागमती गोल्डकप : एपिएफ फाइनलमा
पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।
कञ्चनपुरलाई नेत्रहीन क्रिकेट उपाधि
बाँकेको कोहलपुरमा मङ्गलबार सम्पन्न नेत्रहीन क्रिकेट प्रतियोगिता–२०८० को उपाधि कञ्चनपुरले जितेको छ । कोहलपुरमा मङ्गलबार सम्पन्न फाइनल खेलमा कञ्चनपुरले बर्दियालाई ८० रनले हराउँदै उपाधि जितेको हो ।
पाल्पाको विजयी सुरुवात
प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा पाल्पाले विजयी सुरुवात गरेको छ ।
लोयल्टी र काभ्या क्वार्टरफाइनलमा
आयोजक लोयल्टी ‘बी’ र काभ्या १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
क्यानडाविरुद्ध नेपाल ‘ए’ दुई विकेटले विजयी
क्यानडाविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ ।
होलिल्याण्ड स्कुललाई बास्केटबल उपाधि
दोस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको उपाधि होलिल्याण्ड स्कुलले चुमेको छ ।
टी–२० विश्वकपअघि नेपालले भारतमा खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० विश्वकपअघि भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ । नेपालले विश्वकपको तयारीस्वरुप भारतको बरोडा र गुजरात क्रिकेट सङ्घको टोलीसँग खेल्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
प्रदेश स्तरीय ब्याडमिन्टनको तयारी पूरा
पाँचथरको फिदिममा बुधबारदेखि सुरु हुने प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सँगै खुल्ला भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ ।
तेक्वान्दो खेलाडी छनोट
फ्रान्सको पेरिसमा यसै वर्ष आयोजना हुने ओलम्पिक गेम्सका लागि एसियाली छनोट प्रतियोगितामा सहभागि हुने नेपाली तेक्वान्दो खेलाडीको छनोट गरिएको छ ।
नेपाल ‘ए’ लाई क्यानडाले दियो २४१ रनको लक्ष्य
एक दिवसीय सिरिजको दोस्रो खेलमा जितका लागि क्यानडाले नेपाल ‘ए’ लाई दुई सय ४१ रनको लक्ष्य दिएको छ ।
पिस प्वाइन्ट क्वाटरफाइनलमा
पिस प्वाइन्ट १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
भिमसेन तारासँग सेना पराजित
गोरखामा जारी मिस्टर बि आठौँ रनिङ कप–२०८० को दोस्रो दिन सोमबारको खेलमा नेपाली सेनाको रिपुमर्दन गण गोरखा भिमसेन तारा युवा क्लब गोरखासँग ४–० गोलले पराजित भएको छ ।
जिल्लास्तरीय तेक्वान्दो सुरु
दाङको घोराहीमा तेस्रो अल्फा दाङ जिल्लास्तरीय खुला तेक्वान्दो प्रतियोगिता–२०८० सुरु भएको छ ।
बर्दीबासमा सुविधा सम्पन्न ब्याडमिन्टन कभर्ड हल
बर्दीबासमा सुविधा सम्पन्न कभर्ड हल निमार्ण भएको छ । करिव २ करोड रुपियाँमा निर्माण गरिएको ब्याडमिन्टन कर्भडहलको सोमवार प्रजातंत्र दिवसको अवसरमा बर्दीबास नगरप्रमुख प्रहलाद क्षेत्रीले उद्घाटन गर्नु भएको हो ।
कृष्णध्वज स्मृति टेबलटेनिस अर्को साता
आठौँ संस्करणको कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिता फागुन १३ देखि १५ गतेसम्म हुने भएको छ ।
विश्वकप क्रिकेट लिग–२ : नामिबियामाथि नेदरल्यान्ड्सको सानदार जित
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेदरल्यन्ड्सले नामिबियालाई सात विकेटले हरायो । नेदरल्यान्ड्सको यो पहिलो जित हो ।
बागमती गोल्डकप : सेमिफाइनल समीकरण पूरा
मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।