• १२ साउन २०८१, शनिबार

स्याङ्जालाई गल्याङ कप भलिबल उपाधि

blog

गल्याङ कपभलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

अर्जुन काफ्ले 

स्याङ्जा, वैशाख ९ गते । प्रथम गल्याङ कप आमन्त्रित जिल्ला स्तरीय भलिबल प्रतियोगिताकाे उपाधि स्याङ्जा भलिबल सङ्घले जितेको छ । 

गल्याङ नगरपालिका-३ मा गल्याङ उद्योग वाणिज्य सङ्घले तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सवको अवसरमा आयोजित जिल्ला स्तरीय पुरुष भलिबलमा स्याङ्जाले पर्वत भलिबल सङ्घलाई ३–२ को सेटमा हरायो । स्याङ्जाले पर्वतमाथि २५–१८, १८–२५, २१–२५, २५–१४, १५–९ को जित निकालेको हो । 

उपाधिसँगै स्याङ्जाले एक लाख ५० हजार रुपियाँ पुरस्कार पायो । उपविजेता पर्वतले एक लाख रुपियाँ प्राप्त गरेको छ । पाल्पाले नवलपुरलाई ३–१ को सेटमा हराउँदै तेस्रो भयो । पाल्पाले ५० हजार र सान्त्वना पुरस्कार पाएको नवलपुरले २५ हजार रुपियाँ पायो । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी सन्जु विक्रम शाह (स्याङ्जा), उत्कृष्ट स्पाइकर विष्णु क्षेत्री (पर्वत), उत्कृष्ट सेटर सुवास कुँवर (पर्वत), उत्कृष्ट ब्लकर उमेश सेन्चुरी (स्याङ्जा), उत्कृष्ट कुईकर दीपेन्द्र गैरै (पर्वत), उत्कृष्ट सर्भर सुदिप राना (स्याङ्जा) र उत्कृष्ट प्रशिक्षक अमृत केसी (स्याङ्जा) घोषित हुनुभयो ।