• २२ वैशाख २०८१, शनिबार

इन्टरले जित्यो सिरी ए उपाधि

blog

बल खोस्ने प्रयास गर्दै इन्टर र एसी मिलानका खेलाडी । तस्बिर : एएफपी/रासस

काठमाडौँ, वैशाख ११ गते । इटालियन सिरी ए फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । सोमबार राति भएको मिलान डर्बीमा एसी मिलानलाई २–१ गोलले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।लगातार दोस्रो पटक च्याम्पियन बनेको इन्टरको यो समग्रमा २०औँ सिरी ए उपाधि हो । 

७५ हजार सर्मथकबिच भएको प्रतिस्पर्धात्मक मिलान डर्बीमा इन्टरलाई जिताउन फ्रान्सिस्को असर्वीले १८औँ र मार्कोस थुरामले ४९औँ मिनेटमा गोल गर्नुभयो । यस्तै एसी मिलानका  

लागि फिकायो टोमोरीले ८०औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो । खेलको अन्तिममा इन्टरका एक र एसी मिलानका दुई खेलाडीले रातो कार्ड पाएका थिए । 

जितसँगै इन्टरले ३३ खेलबाट ८६ अङ्क छ । इन्टरले १७ अङ्कको अग्रता बनाउँदै च्याम्पियन भएको हो । दोस्रो स्थानमा रहेको एसी मिलानको समान खेलबाट ६९ अङ्क छ । तेस्रो स्थानमा रहेको युभेन्ट्सको ६४ अङ्क छ । एजेन्सी