• २२ वैशाख २०८१, शनिबार

भोजपुर गोल्ड कप : भगवती स्पोर्ट्सको विजयी सुरुवात

blog

सोमबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

गोकुल भुजेल

भोजपुर, वैशाख १० गते । भगवती स्पोर्ट्स क्लब खोटाङले सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप प्रतियोगितामा विजयी सुरुवात गरेको छ । 

सदरमुकामस्थित कोदार रङ्गशालामा सोमबार भएको खेलमा भगवती स्पोर्ट्सले राजारानी (रारा) फुटबल क्लब धनकुटालाई २–१ गोलले हरायो । भगवतीका लागि दुवै गोल र्माटिनले दुई गोल गर्नुभयो ।

राजारानीका लागि सुनिल खड्काले सान्त्वना गोल फर्काउनुभयो । भगवतीका मार्टिन म्यान अफ दि म्याच घोषित हुनुभयो । प्रतियोगिता अन्तर्गत मङ्गलबार सलहेश युवा क्लब र डागीहाट यूथ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।