• २२ वैशाख २०८१, शनिबार

कर्णाली र सुदूरपश्चिम विजयी

blog

आइतबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, वैशाख ९ गते । काठमाडौँमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

कर्णालीले मधेश प्रदेशलाई ६ विकेटले हरायो । अर्को खेलमा सुदूरपश्चिमले कोशी प्रदेशमाथि तीन रनको रोमाञ्चक जित निकाल्यो । कर्णाली र सुदूरपश्चिमको यो दोस्रो जित हो । 

टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । एक सय २१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेशले १५.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । 

यस्तै अर्को खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो । एक सय ५५ रनको विजयी लक्ष्य पछ्याएकोकोशी प्रदेश निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५१ रनमा समेटिएको थियो । कोशीको जारी प्रतियोगितामा यो तेस्रो हार हो ।