• १२ साउन २०८१, शनिबार

दक्षिण एसियाली कुराँसमा नेपाललाई दुई स्वर्ण

blog

कुराँसमा पदक विजेता खेलाडी ।

काठमाडौँ, वैशाख ९ गते । भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँस च्याम्पियनसिपमा नेपालले दुई र तीन रजत पदक जितेको छ । 

च्याम्पियनसिपमा नेपाल समग्रमा दोस्रो भयो । दीक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जित्नुभएको हो । परि घर्तीमगर, अर्जुन क्षेत्री र सिनियर ८७ केजीमाथि दीपिका अछाजुले रजत पदक जित्नुभयो । 

दीक्षाले ४४ केजी मुनि र योगेन्द्रले सिनियर ८१ केजी मुनिको तौल समूहमा स्वर्ण जित्नुभएको हो  । दुवैले फाइनलमा भारतीय खेलाडीलाई हराउनुभएको थियो । 

यस्तै अर्जुनले ६० केजी मुनि, परिले महिला जुनियर ६३ केजी मुनि र दीपिकाले सिनियर ८७ केजी तौल समूहमा रजतअ जित्नुभयो । च्याम्पियनसिपमा दीक्षा मगर जुनियरतर्फ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । 

भारत, नेपाल, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काका खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।