• २२ वैशाख २०८१, शनिबार

भोजपुर गोल्ड कप : आर्मीको विजयी सुरुवात

blog

खेल अघि आर्मी र जर्जीयनका खेलाडी । तस्बिर : गोरखापत्र

गोकुल भुजेल

भोजपुर, वैशाख ९ गते । सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कपमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । सदरमुकामस्थित कोदार रङ्गशालामा आइतबार भएको उद्घाटन खेलमा आर्मीले जर्जीयन फुटबल क्लबलाई ४–० गोलले हरायो । 

आर्मीले पहिलो र दोस्रो हाफमा दुई दुई गोल गरेको थियो । आर्मीलाई जिताउन वसन्त जिम्बा, पदम तामाङ र सुरज बस्नेतले एक एक गोल गर्नुभयो । आर्मीको अर्को गोल जर्जीयनबाट आत्मघाती उपहार पाएको थियो । 

आर्मीका वसन्त जिम्बा म्यान अफ दि म्याच हुनुभयो । सोमबार खोटाङको भगवती क्लब र धनकुटाको रारा फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।