• २८ वैशाख २०८१, शुक्रबार

भोजपुर गोल्ड कप उपाधि चर्च ब्वाइजको पोल्टामा

blog

उपाधिसँधै चर्च ब्वाइजका खेलाडी । तस्बिर : गोरखापत्र

गोकुल भुजेल

भोजपुर, वैशाख १५ गते । सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ ।

शनिबार भएको फाइनलमा आर्मीलाई टाइब्रेकरमा हराउँदै चर्च ब्वाइज च्याम्पियन बनेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो ।

निर्धारित समयमा चर्च ब्वाइजका लागि १८औँ मिनेटमा अर्मान्डले गोल गर्नुभयो । आर्मीका अनिल बम्जनले ५०औँ मिनेटमा गोल गर्नुभएको थियो । ट्राईब्रेकरमा चर्च ब्वाइजका नविन लामा, एकराज बुढाथोकी, दिप कार्की, आवोयोमीको प्रहार गोलमा परिणत भएको थियो ।

आर्मीका अनिल बम्जन, बसन्त जिम्बा र मिलन योन्जनले गोल गर्नुभयो । रिपु प्रधान चुक्दा आर्मी पछि परेको हो । आर्मीका दीप कार्की म्यान अफ दि म्याच हुनुभयो । उपाधिसँगै चर्च ब्वाइजले पाँच लाख रुपियाँ पुरस्कार पायो । उपविजेता आर्मीले तीन लाख रुपियाँ प्राप्त गरेको छ । प्रतियोगितामा आठ टोलीले भाग लिएका थिए ।