• ३ जेठ २०८१, बिहिबार

राष्ट्रिय बुद्धिचाल : चार खेलाडी सेमिफाइनलमा प्रवेश

blog

काठमाडौँ, वैशाख १७ गते । नवौँ गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगिताको चौथो दिन चार खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन् । 

सात चरणको लिग खेल सम्पन्न भएसँगै शीर्ष चार खेलाडी यामाहा सलुटो मोटरसाइकल पुरस्कारका लागि प्रतिस्पर्धामा छनोट भएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा मिलन लामा, क्षितिज भण्डारी, रुपेश जैसवाल र पुरुषोत्तम सिलवालले अन्तिम चारमा स्थान बनाउनुभएको हो । 

एक सय १५ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहेको प्रतियोगिताको सातौँ चरणको खेल ललितपुर जिल्लाका युवा नेता सानुबाबु महर्जनले सुरु गर्नुभएको थियो । 

नकआउट प्रवेश गरेका चार खेलाडीबाहेक बाँकीले सुपर लिग खेल खेल्ने प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी दिनुभयो । प्रतियोसिगतामा विभिन्न विधामा ४० जना खेलाडीलाई ६ लाख ३७ हजार चार सय रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।