• ११ मंसिर २०८१, मङ्गलबार

पाँचथर गोल्डकप प्रतियोगिताको आयव्यय सार्वजनिक

blog

चौथो पाँचथर गोल्डकपको आयव्यय सार्वजनिक गर्दै पाँचथर क्लबका पदाधिकारी। तस्बिर : गोरखापत्र।

राधा लुइटेल 

फिदिम, वैशाख १९ गते। पाँचथर क्लबले गत फागुन १३ देखि १९ गतेसम्म फिदिममा सम्पन्न गरेको चौथो पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ।

फिदिममा पत्रकार सम्मेलन गर्दै क्लबले आयव्ययको विवरण सार्वजनिक गरेको हो। क्लबका अनुसार प्रतियोगितामा ४६ लाख ६४ हजार ६ सय ६० रुपियाँ आम्दानी भएको थियो। जसमध्ये ४५ लाख ३७ हजार ४ सय १० रुपियाँ खर्च भएको छ।

प्रतियोगिता सञ्चालनका क्रममा विभिन्न व्यक्ति, संस्था र सरकारी निकायबाट कवुलेको ७ लाख रुपियाँ उठ्न बाँकी छ भने पाँच लाख ७२ हजार भुक्तानी दिन बाँकी छ।

हालसम्म भएको आयव्याय सँगै उठ्न बाँकी रकममा भुक्तानी दिन बाँकी रकम घटाउँदा गोल्डकप सञ्चालनको सबै खर्च कटाएर एक लाख २८ हजार रुपियाँ बचत हुने स्पष्ट भएको पाँचथर क्लबका सचिव योगराज सेढाईंले जानकारी दिनुभयो।

क्लबले फागुन १३ देखि १९ सम्म फिदिममा चौंथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो। जहाँ नेपाल र भारतका आठ टिमले भाग लिएका थिए।