• ४ जेठ २०८१, शुक्रबार

नेपाल वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्दै

blog

काठमाडौँ, वैशाख २० गते । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको चौथो खेलमा नेपालले  फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ रोजेको हो । 

पाँच खेलको सिरिजमा अहिले वेस्ट इन्डिज ‘ए’ २–१ ले अगाडि छ । नेपाल पहिलो खेलमा चार विकेटले विजयी भएको थियो । दोस्रो खेल वेस्ट इन्डिजले १० रन र तेस्रो खेल ७६ रनले जितेको थियो । नेपाल आज जित निकाल्दै सिरिज बराबर गर्ने अभियानमा छ । वेस्ट इन्डिज ‘ए’ अन्तिम खेल अगावै सिरिज जित्ने लक्ष्यमा छ । 

नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध आसन्न आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सिरिज खेलेको हो । विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा समेत भईसकेको छ । 

नेपाली टोली 

आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अविनाश बोहरा र ललित राजवंशी 

वेस्ट इन्डिज ‘ए’ टोली 

रोस्टन चेज (कप्तान), एलिक अथान्जे, फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल र हेडन वाल्स ।