• १५ असार २०८१, शनिबार

खेल पत्रकार भोम्जनको स्मृति सभा

blog

स्वर्गीय पत्रकार सुमन भोम्जन ।

काठमाडौँ, वैशाख १९ गते । भूकम्प ज्यान गुमाउनुभएका खेल पत्रकार सुमन भोम्जनलाई सम्झँदै  नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार स्मृति सभा आयोजना गरेको छ ।

त्रिपुरेश्वरस्थितमा एक कार्यक्रमबिच गोरखापत्रका खेल पत्रकार भोम्जनको स्मृति सभा आयोजना गरिएको हो । २०७२ वैशाख १२ गते भूकम्पमा आफै बसेको काठमाडौँ महाबौद्धस्थित बासस्थानमा पुरिएको अवस्थामा भोम्जनको शव वैशाख १९ गते भेटिएको थियो ।

त्यसयता मञ्चले आफ्ना सदस्य भोम्जनको स्मृतिमा वर्षेनी वैशाख १९ गतेलाई सुमन भोम्जन स्मृति दिवसका रूपमा मनाउँदै आएको छ । मञ्चले भोम्जनलाई स्मरण गर्ने क्रममा प्रत्येक वर्ष एकजना युवा पत्रकारलाई सुमन भोम्जन अनुज पत्रकार पुरस्कारबाट पुरस्कृत पनि गर्दै आएको छ । मञ्च मकवानपुर शाखाका संस्थापक अध्यक्ष भोम्जन बक्सिङ खेलाडी समेत हुनुहुन्थ्यो ।