• ४ जेठ २०८१, शुक्रबार

नेपाललाई वेस्ट इन्डिजले दियो २१० रनको लक्ष्य

blog

काठमाडौँ, वैशाख २० गते । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको चौथो खेलमा नेपालले जितका लागि दुई सय १० रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा  दुई सय ९ रन बनायो । 

वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले अविजित ८४ रन बनाउनुभयो । यस्तै जोनसन चार्ल्सले ५८ र फाबिएन एलेनले अविजित ३३ रन बनाउनुभयो । बलिङमा नेपालका कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिनुभयो । 

पाँच खेलको सिरिजमा अहिले वेस्ट इन्डिज ‘ए’ २–१ ले अगाडि छ । नेपाल पहिलो खेलमा चार विकेटले विजयी भएको थियो । दोस्रो खेल वेस्ट इन्डिजले १० रन र तेस्रो खेल ७६ रनले जितेको थियो । नेपाल आज जित निकाल्दै सिरिज बराबर गर्ने अभियानमा छ । वेस्ट इन्डिज ‘ए’ अन्तिम खेल अगावै सिरिज जित्ने लक्ष्यमा छ । 

नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध आसन्न आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सिरिज खेलेको हो । विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा  भइसकेको छ ।