• ८ जेठ २०८१, मङ्गलबार

नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो २२८ रनको चुनौतीपूर्ण लक्ष्य

blog

रन बनाएपछि वेस्ट इन्डिज ‘ए’ का खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, वैशाख १९ गते । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको तेस्रो खेलमा जितका लागि नेपालले दुई सय २८ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय २७ रन बनायो । वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले सतकीय पारी खेल्नुभयो । उहाँले ६१ बलमा १३ चौका र सात छक्काको सहयोगमा अविजित एक सय १९ रन बनाउनुभयो ।


यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाउनुभयो । फाबिएन एलेनले १९, ओपनर एलिक अथान्जेले १७ रन र किमो पलले अविजित १३ रन बनाउनुभयो । बलिङमा नेपालका सागर ढकाल र करण केसीले एक एक विकेट लिनुभयो । 

पाँच खेलको सिरिज अहिले १–१ को बराबरी अवस्थामा छ । नेपाल पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेल वेस्ट इन्डिजले १० रनले जितेको थियो । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध आसन्न आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सिरिज खेलेको हो ।