• ३ असार २०८२, मङ्गलबार

अवरुद्ध कालीगण्डकी करिडोर खुल्न समय लाग्ने

blog

पहिरोले अवरुद्ध भएको कालिगण्डकी करिडोर । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसङ्गा, असार ३ गते । पहिरोका कारण अवरुद्ध कालिगण्डकी करिडोर सुचारु हुन समय लाग्ने भएको छ ।

सोमबार दिउँसो १२ः३० बजे गुल्मीको कालिगण्डकी गाउँपालिका–६ को बर्लवामा पहिरो खसेपछि करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक सारुले निरन्तर माथिबाट खसेको ठुलो पहिरोले करिडोर पूर्णरुपमा अवरुद्ध भएको बताउनुभयो । पहिरो खस्न रोकिए मङ्गलबार दिउँसो केहि काम गर्न सकिने अनुमान मात्रै गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार यातयातका साधनहरुलाई पूर्तिघाटबाट वैकल्पिक सडक प्रयोग गर्न लगाइएको छ ।