एसियाली छनोट खेल्ने तेक्वान्दो टोली चीन जाँदै
फ्रान्सको पेरिसमा आयोजना हुने ओलिम्पक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएको छ ।
नेपाल र हङकङको खेल वर्षाले रद्द
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र हङकङबिचको खेल वर्षाका कारण रद्द भएको छ ।
सैनिक खेल मैदानमा खुला प्यारापिट बनाइने
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–१ सैनिक खेल मैदानमा खुला प्यारापिट निर्माण कार्य सुरु भएको छ ।
आर्सनल शीर्ष स्थानमा
आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २–१ गोलले हरायो ।
झापा गोल्डकप : चर्च ब्वाइज र एपिएफबिच उपाधि भिडन्त
छैटौँ झापा गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज क्लब काठमाडौँ र विभागीय टोली एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
एसियाली र्याफ्टिङ : हेड टु हेडमा नेपाललाई स्वर्ण
नेपालले एसियाली र्याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ ।
‘डा. ओम फाउन्डेसन’ द्वारा विजेता विद्यार्थीलाई पुरस्कार वितरण
‘डा. ओम फाउन्डेसन’ले विद्यालयस्तरीय राष्ट्रव्यापी प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । शनिवार एक कार्यक्रमका बिच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा विजयी विद्यार्थीलाई नगद पुरस्कार, प्रमाण पत्र तथा मेडल प्रदान गरिएको हो ।
बुढासुब्बा गोल्डकपः धरान फुटबल क्लब विजयी
धरान फुटबल क्लबले २४औँ बुढासुब्बा गोल्डकपमा राम्रो सुरुआत गरेको छ । शनिबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली भारतको युकेएफसीलाई सडन डेथमा पराजित गर्यो । जितसँगै धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौँडामा टी–२० क्रिकेट प्रतियोगिता सुरु
हेटौँडा–४ हुप्रचौरमा अन्तर क्याम्पस टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले शनिबार उद्घाटन गर्नुभयो ।
नौ महिनामै बन्यो ४० करोडको क्रिकेट मैदान
रुपन्देहीमा निजी लगानीमा ९ महिनामै अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिलो चरणको संरचना सकिएसँगै फागुन २८ गते उद्घाटन गरेर खेल पनि सञ्चालन गरिदैछ ।
कञ्चनजङ्घा सेसेलुङ गोल्डकपको आयव्यय सार्वजनिक
ताप्लेजुङमा सञ्चालित प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । चासोक तङ्नाम (न्वागी पर्व) २०८० को अवसरमा सञ्चालित गोल्डकप प्रतियोगिता सम्पन्न भएको अढाई महिनापछि आयव्यय सार्वजनिक भएको हो ।
आर्मी र पुलिसलाई कबड्डी उपाधि
त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले कबड्डी सुपर लिगको उपाधि जितेका छन् ।
नेपाल हङकङसँग ७३ रनले पराजित
हङकङसँगको अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ । मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा शनिबार जितका लागि घरेलु टोली हङकङले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३९ रनमा समेटिएको थियो ।
खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु
स्याङ्जाको वालिङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । वालिङ भलिबल क्लबको चौथो वार्षिकोत्सवको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता गरिएको हो ।
लुम्बिनी प्रदेशस्तरीय महिला फुटबल खेलाडी छनोट सुरु
दाङमा लुम्बिनी प्रदेशस्तरीय महिला फुटबल खेलाडी छनोट कार्यक्रम भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजना तथा दाङ जिल्ला फुटबल सङ्घको समन्वयमा महिला खेलाडी छनोट कार्यक्रम सुरु भएको हो ।
४ गण हेडक्वाटरलाई बाहिनीपति कप उपाधि
सशस्त्र प्रहरी सङ्गठनको पेसागत गतिविधि चक्रअन्तर्गत सुनसरीको बराह वाहिनी पकलीमा सञ्चालित वाहिनीपति कप सशस्त्र प्रहरी बल नेपाल ४ गण हेडक्वाटर सुनसरीले जितेको छ ।
उत्कृष्ट खेलाडीलाई मेडल तथा ट्रफी प्रदान
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा एमाले खेलकुद विभाग प्रमुख कर्णबहादुर थापाले स्ववियूले गरेको रचनात्मक कामका प्रशंसा गर्दै गतिविधिलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
महिला भलिबल खेलाडी सम्मानित
महिला भलिबल टिमका खेलाडीलाई सम्मान गरिएको छ । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला भलिबल टिमका खेलाडीहरूलाई रामपुर नगरपालिकाले नगद सहित सम्मान गरेको हो ।
फुङ्लिङमा उपमेयर कप महिला फुटबल आजदेखि
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा शुक्रवार आजदेखि दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
कबड्डी सुपर लिग : आर्मी र एपिएफ फाइनलमा
नेपाल आर्मी र एपिएफ क्लब पुरुष तथा महिला कबड्डी सुपर लिगको पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् ।
आयोजक झापा–११ सेमिफाइनलमा
आयोजक झापा–११ झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी छैटौँ झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
हङकङमा मार्च १० देखि १३ तारिखसम्म आयोजना हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । यस सिरिजमा आयोजक हङकङ, नेपाल र पीएनजीको सहभागिता रहनेछ ।
साफ यु–१६ महिला च्याम्पियनसिप : भारतसँग नेपालको फराकिलो हार
साफ यु–१६ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १०–० गोलले पराजित भएको छ । जित्नै पर्ने खेलमा भारतसँग हार खेपेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
स्पेनिस क्लब रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।