• १२ साउन २०८१, शनिबार

दीपेन्द्रसिंह ऐरी अलराउन्डरतर्फ शीर्ष १० मा

blog

क्रिकेटर दीपेन्द्रसिंह ऐरी । फाइल तस्बिर

काठमाडौँ, जेठ २ गते । नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ शीर्ष १० मा अटाउनुभएको छ ।

आइसिसीले बुधबार सार्वजनिक गरेको वरीयतामा दीपेन्द्रले एक स्थान सुधार गर्नुभएको छ । अलराउन्डर विश्व वरीयताको शीर्षस्थानमा भने बंगलदेशका साबिक अल हसन रहनुभएको छ । 

यस्तै नेपालका कुशल मल्ल ३२औँ, गुलसन झा यथा स्थानमा रहँदै ६०औँ, कप्तान रोहितकुमार पौडेल एक स्थान खस्कँदै ६५औँ र करण केसी एक स्थान सुधार गर्दै ७४औँ स्थानमा रहनुभएको छ । 

बलिङतर्फ सोमपाल कामी ९२औँ स्थानमा यथावत् हुनुहुन्छ । नयाँ वरीयतामा उहाँ शीर्ष सयमा रहने एक्लो नेपाली बलर बन्नुभएको छ । बलिङ वरीयताको शीर्षस्थानमा अफगानिस्तानका राशिद खान यथावत् रहनुभएको छ । विश्वकपको तयारीमा रहेको नेपाल टी–२० वरीयतामा १७औँ स्थानमा रहेको छ ।