• ११ मंसिर २०८१, मङ्गलबार

जुडो सङ्घमा फेरि दीपकहर्ष

blog

जुडो सङ्घका नवनिर्वाचित अध्यक्ष दीपकहर्ष वज्राचार्यलाई बधाइ दिँदै राखेप सदस्य सचिव टंकलाल घिसिङ ।

काठमाडौँ, जेठ २ गते । जुडो सङ्घको छैटाैँ केन्द्रीय चुनावी साधारणसभाले दीपकहर्ष वज्राचार्यको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । उहाँ यसअघि पनि सङ्घको अध्यक्ष हुनुहुन्थ्यो ।

सङ्घको काठमाडौँमा सम्पन्न चुनावी साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा धर्मशिला चापागाईं, उपाध्यक्षहरुमा रमेश महर्जन, हेमराज भण्डारी, सुरजकाजी डोटेल र गङ्गा खड्का, महासचिवमा प्रकाशचन्द्र पाण्डे, सचिवमा पवनकुमार बानियाँ तथा कोषाध्यक्षमा प्रमोदप्रसाद नेपाल निर्वाचित हुनुभएको छ । 

सदस्यहरुमा राजन रोकाय, सुनीता बोहरा, तुलबहादुर थापा मगर, दीपक विष्ट, सविन मुक्तान र प्रकाश सारुमगर निर्वाचित हुनुभएको छ । सबै पदमा निर्वाचन भएको थियो ।

सङ्घको निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले बुधबार बधा दिनुभएको छ । त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा पदाधिकारीसँग भएको भेटमा सदस्य सचिव घिसिङले सफल कार्यकालको शुभकामना दिनुभयो ।