प्रधानमन्त्री प्रचण्डसँग आइसिसीका अध्यक्ष बार्कलेको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले शिष्टाचार भेट गर्नुभएको छ ।
खेलकुदमन्त्री श्रेष्ठ र आइसिसी अध्यक्ष बार्कलेबिच छलफल
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेबिच बुधबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा छलफल भएको छ ।
एनभिए भलिबल : न्यु डायमन्ड सेमिफाइनलमा
न्यु डायमन्ड स्पोर्ट्स क्लब आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनल प्रवेश गरेको छ ।
विश्व मुवाँथाइमा गुणराजलाई स्वर्ण
नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले १९औँ मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण जित्नु भएको छ । थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताअन्तर्गत सेमी प्रोको पुरुष ५४ केजीमा गुणराजले इटालीका ग्राभियल ओलारिउलाई हराउँदै स्वर्ण जित्नुभएको
आयरल्यान्ड र भारतसँग खेल्ने टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा
घरेलु मैदान कीर्तिपुरमा आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।
तानसेनमा दोस्रो यूथ युनियन कप सुरु
तानसेनमा दोस्रो यूथ युनियन कप सुरु भएको छ । तानसेनस्थित टुँडिखेल मैदानमा मङ्गलबारदेखि सुरु भएको दोस्रो कप (फुटबल प्रतियोगिता)को पहिलो खेलमा न्यु एकता युवा क्लब विजयी बनेको छ ।
दशरथ रङ्गशालाको संरक्षण राखेप आफैँले गर्ने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको खेलमैदान संरक्षण आफैँले गर्ने भएको छ ।
बाँकेमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु
बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा मङ्गलबारदेखि नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ ।
युवा तथा खेलकुदमन्त्रीलाई खेलाडी सङ्घको सुझाव
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई खेलाडीले भोग्दै आएको समस्या अवगत गराउँदै सात बुँदे सुझाव दिएको छ ।
नेपाली खेलकुद चरणबद्ध रूपमा उधोगतिमा : खेलकुदमन्त्री
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद चरणबद्ध रूपमा उधोगतिमा गएको बताउनुभएको छ ।
एनभिए भलिबल : नेपाल पुलिस महिलातर्फ सेमिफाइनलमा
नेपाल पुलिस क्लब आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालमा धेरै अन्तर्राष्ट्रिय क्रिकेट आयोजनाको वातावरण बनाइदिन आग्रह
भेटका अवसरमा दुई पक्षबीच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आइसिसीले नेपाली क्रिकेटलाई गर्न सकिने सहयोगलगायतका विषयमा छलफल भएको थियो ।
‘क्रिकेट विकासमा सहयोग गर्न नेपाल आएँ’
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमण आएको बताउनुभएको छ ।
पुलिस दोस्रो जित निकाल्दै क्वार्टरफाइनलमा
विभागीय टोली नेपाल पुलिस क्लब आठौँ आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
लिभरपुललाई हराउँदै युनाइटेड सेमिफाइनलमा
बलियो प्रतिद्वन्द्वी लिभरपुललाई उसैको मैदानमा अतिरिक्त समयमा ४–३ गोलले हराउँदै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एनआईएमबीलाई ईशान कप उपाधि
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (एनआईएमबी) ले आरबीबीएल ईशान कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
दोखुले जित्यो वडास्तरीय भलिबल उपाधि
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–६ नाल्बुमा सम्पन्न वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि फुङ्लिङ नगरपालिका–८ दोखुले जितेको छ ।
आयल निगम र एनआईएमबी फाइनलमा
नेपाल आयल निगम र नेपाल इन्भेष्टमेन्ट मेगा बैँक (एनआईएमबी) आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
ट्रायथलनको ‘फेमिलियराइजेसन’ कार्यक्रम
नेपाल ट्रायथलन सङ्घले आइतबार गण्डकी प्रदेस ट्रायथलन सङ्घ र कास्की जिल्ला ट्रायथलन सङ्घसँगको सहकार्यमा ‘ट्रायथलन फेमिलियराइजेसन’ कार्यक्रमको आयोजना गरेको छ ।
कुस्ती सङ्घमा कुसारी
प्रकाशकुमार कुसारीको अध्यक्षतामा नेपाल कुस्ती सङ्घको नयाँ नेतृत्व चयन भएको छ ।
साविक विजेता पुलिस र एपिएफको विजयी सुरुवात
साविक विजेता नेपाल पुलिस क्लब र एपिएफ क्लबले आठौँ आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विजयी सुरुवात गरेको छ ।
सिटी एफए कपको सेमिफाइनलमा
इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा अर्को प्रिमियर लिग टोली न्युक्यासल युनाइटेडलाई २–० गोलले हराउँदै सिटीले सेमिफाइनलमा स्थान बनाएको हो ।
पलेशा पारा ओलम्पिकमा छनोट
पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन यसै वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने पारा ओलम्पिकमा छनोट हुनुभएको छ ।
एनआरटीलाई बुढासुब्बा गोल्डकप उपाधि
धरान–१६ स्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा एनआरटीले साङ्ग्रीला मोरङ फुटबल क्लबलाई २–१ गोलले हरायो ।