• २ माघ २०८१, बुधबार

गोरखा जिल्ला लिग फुटबल प्रतियोगिता छेपेटारमा आजबाट हुने

blog

गुणबहादुर रोका
सुलीकोट, जेठ १९ गते ।
गोरखा जिल्ला फुटबल सघको आयोजना तथा सूर्योदय युवा क्लब छेपेटारको सहआयोजनमा शनिबारबाट जिल्ला लिग फुटबल प्रतियोगित हुने भएको छ । जिल्लाको फुटबल विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल संघ गोरखाका अध्यक्ष विशाल गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला लिग फुटबल प्रतियोगितामा ११ टिमको सहभागिता रहने बताइएको छ । जसमा आर्दश क्लब, हरमटारी क्लब, मस्याङदी क्लब, सतिपिपल क्लब, तारा देबी क्लब, सुर्यादय युबा क्लब, चेपे आर्दश क्लब, द ओसन क्लब, द गोर्खा युनाईटेड क्लब, बौद्ध हिमाल क्लब र च्याङलिङ स्र्पोपट क्लब रहेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख नगदसहित ट्रफी मेडल र प्रमाण, दोस्रो हुने टिमले ५० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै अनुशाषित टिमले १५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिता दुई समूह बनाएर खेलाइने भएको छ । ए समूहमा ५ वटा टिम र बी समुहमा ६ वटा टिम रहने छन् । प्रतियोगिताको सर्बोकृष्ट खेलाडीलाई १० हजार नगद, सर्वोकृष्ट गोलकर्तालाई पाँच हजार, सर्बोकृष्ट गोल रक्षकलाई पाँच हजार नगद दिइने भएको छ ।

प्रतियोगिताको शनिबार दिउँसो २ बजे गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगरले उद्घाटन गर्ने जिल्ला फुटबल संघ गोरखाले जनाएको छ । आजबाट सुरु हुने प्रतियोगिता असार १ गतेसम्म चल्ने छ ।