• १२ साउन २०८१, शनिबार

रामसीता मन्दिरलाई ब्रदर्स कपको उपाधि

blog

रमेश विश्वकर्मा
गुल्मी, जेठ २१ गते ।
प्रथम ब्रदर्स कपको उपाधि रामसीता मन्दिरले उचालेको छ । ब्रदर्स युथ सोसाइटी क्लब तम्घासको आयोजनामा सञ्चालित प्रथम ब्रदर्स कप राष्ट्रियस्तरको खुल्ला पुरुष फूटबल प्रतियोगितामा उपाधि प्राप्तिका लागि कोब्रा ग्रूप तम्घास र रामसीता मन्दिर गौंडाकोटबीच प्रतिस्पर्धा भएको हो ।

खेलमा दुबै समूहले बराबरी गोल गरेपछि रामसीता मन्दिरले पेनाल्टी सुटमा उपाधि जितेको हो । उपाधिसँगै रामसीता मन्दिरले दुई लाख दुई हजार २०२ रुपियाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता कोब्रा ग्रूपले एक लाख एक हजार १०१ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका सचिव रवि घिमिरेले जानकारी दिनुभयो ।

प्रतियोगितमा कोब्रा ग्रूपका रुमन श्रेष्ठ बेस्ट डिफेन्डर र सोही ग्रूपका दिवेश छन्तेल बेस्ट स्टाइकर बन्नुभयो । रामसीता मन्दिरका सन्देश खनाल उत्कृष्ट गोलरक्षक र सोही समूहका अनुज गैरे टप स्कोरर बन्नुभयो । रामसीता मन्दिरका मनिष तामाङ प्लेयर अफ टुर्नामेन्ट हुनुभयो । तम्घासको चिदिचौर खेल मैदानमा सञ्चालन भएको प्रथम ब्रदर्स कप राष्ट्रियस्तरको खुल्ला पुरुष फूटबल प्रतियोगितामा दश समूहले भाग लिएका थिए ।