भरतपुर समाचारदाता
चितवन, असार २३ गते । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको छ । जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न महानगरले दलित तथा गैरदलितबिच अन्तरजातीय विवाह गर्ने जोडीलाई एक÷एक लाख रुपियाँसहित सम्मानित गरेको हो । महानगरले यस्तो सम्मान गरेको यो चौथो पटक हो । महानगरले आर्थिक वर्ष २०७७÷७८ देखि अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै आएको छ । यस पटक सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१६ का करण योगी र दिया रामदाम, भरतपुर–२० का अनुप सुनार र सुस्मिता श्रीस, अनिल हरिजन र लक्ष्मी लामिछाने रहेका छन् ।
त्यस्तै भरतपुर–११ का मनोज विश्वकर्मा र जसिका श्रेष्ठ, अशोक परियार र सुमिता रानामगर, भरतपुर–६ का सुमन परियार र सीमा लामाको जोडी पनि उक्त अवसरमा सम्मानित भएको हो । त्यस्तै भरतपुर–६ का रूपेश भुजेल र अस्मिता विक, भरतपुर–२७ का अशोक परियार र आरती महतो, भरतपुर–२४ का किसान परियार र इन्दिरा तामाङ, भरतपुर–१६ का सरोज सुनार र सोममाया घले उक्त अवसरमा एक लाख रुपियाँ नगदसहित सम्मानित भएका छन् ।
कार्यव्रmममा भरतपुर–१० का विष्णु पौडेल र रोशनी परियार, भरतपुर–२३ का दिपेश सदाशङ्कर र अंशु श्रेष्ठ, भरतपुर–१९ का किरण विक र सुनन्दा श्रेष्ठ, भरतपुर–२८ का अभिषेक दर्जी र राधा शर्मा र भरतपुर–१२ का मनिष थापा र कुसुम विश्वकर्माको जोडी सम्मानित गरिएको हो । महानगरले आव २०७७÷७८ बाट सुरु गरेको यो अभियानमा पहिलो वर्ष तीन जोडी, दोस्रो वर्ष सात जोडी र तेस्रो वर्ष १० जोडीलाई सम्मान गरेको थियो । सम्मान कार्यव्रmममा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले विगतका वर्षमा भन्दा पछिल्ला वर्ष सम्मानका लागि आउने जोडी सङ्ख्या बढेको बताउनुभयो ।
‘सुरुवातका दिनमा सङ्कोच थियो । सम्मानका लागि आउनेहरू कम थिए । पहिलो वर्ष हामीले केवल तीन जोडीलाई मात्र सम्मान ग¥यौँ । यस पटक यो सङ्ख्या १५ जोडी पुग्यो । अन्तरजातीय विवाह गर्नेलाई भेदभावको दृष्टिकोणले हेर्ने परिपाटीका कारण सम्मानित हुनेको सङ्ख्या कम भएको र हरेक वर्ष सम्मानित हुने अन्तरजातीय जोडीको सङ्ख्या बढ्दै गएकोमा खुसी लागेको छ,” उहाँले बताउनुभयोे । कार्यव्रmममा उपप्रमुख चित्रसेन अधिकारीले चुनौती र सङ्घर्षका बाबजुद सामाजिक रूपान्तरणका लागि अन्तरजातीय विवाहले ठुलो भूमिका खेलेको बताउनुभयो । अहिले पनि अन्तरजातीय विवाह गर्नु हुन्न भन्ने सोच पूर्ण रूपमा नहटेको बताउँदै उहाँले यसलाई व्रmमशः चिर्दै जानुपर्ने बताउनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले २०२१ सालमा पहिलो पटक दलित समुदायलाई भेदभाव गर्ने विषय दण्डनीय भनेर कानुन निर्माण भए पनि छ दशकसम्म पनि पूर्ण रूपमा नहटेको बताउनुभयो । अन्तरजातीय विवाहलाई सामाजिक व्रmान्तिको संज्ञा दिँदै प्रमुख प्रशासकीय अधिकृत पौडेलले यस्तो व्रmान्तिमा भाग लिने जोडीलाई अप्ठ्यारो परिस्थितिमा पनि एकढिक्का भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।