• ११ असोज २०८१, शुक्रबार

साफ महिला फुटबल प्रतियोगिता काठमाडौँमा हुने

blog

काठमाडौँ, जेठ २१ गते । साफ महिला फुटबल प्रतियोगिता काठमाडौँमा हुने भएको छ । उक्त प्रतियोगिता आगामी कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछ । 

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आज बसेको प्रतियोगिता समितिको बैठकले उक्त प्रतियोगिता नेपालमा गर्ने तय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता सुरेशकुमार शाहले जानकारी दिनुभयो । उक्त प्रतियोगिता आयोजना गर्न नेपाल, भुटान र बङ्गलादेशले प्रस्ताव गरेका थिए । रासस