• १२ साउन २०८१, शनिबार

क्यानले गर्‍यो सन्दीपको निलम्बन फुकुवा

blog

क्रिकेटर सन्दीप लामिछाने । फाइल तस्बिर

काठमाडौं, जेठ २ गते । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै सन्दीपको निलम्बन फुकुवा गरेको जानकारी दिनुभएको हो । 

उच्च अदालत पाटनले बुधबार गरेको फैसला अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी लामिछाने बलात्कार मुद्दामा निर्दोष रहेको भन्दै क्यानले निलम्बन फुकुवा गरेको हो ।

यो पनि पढ्नुहोस

क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ

अध्यक्ष चन्दले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिमा गरिएको निलम्बन फुकुवा भएको उल्लेख छ ।