• १६ भदौ २०८१, आइतबार

सैनिक आवासीय फाइनलमा

blog

प्लेयर अफ दि म्याच घोषित सैनिकका लबकुमार ठाकुर पुरस्कार लिँदै ।

काठमाडौँ, वैशाख २९ गते । सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मृति यु–१६ टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा सैनिकले एन्जल हार्ट स्कुललाई ८८ रनले हरायो ।

जितका लागि सैनिकले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको एन्जल हार्ट १७ ओभरमा सबै विकेटको क्षतिमा ८३ रनमै समेटिएको थियो । एन्जल हार्टका लागि युवराज खत्रीले ४२ र  जोय थापाले २० रन बनाउनुभयो । 

बलिङमा सैनिकका लबकुमार ठाकुरले पाँच विकेट लिनुभयो । सफल पौडेलले दुई तथा सन्देश बुढाथोकीले एक विकेट झार्नुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सैनिकले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो । 

सैनिकका लागि रिगल महतले ५१ रन बनाउृनुभयो । राजदीप आचार्यले ४० र रोजल खड्काले ११ रन जोड्नुभयो । बलिङमा एन्जल हार्टका लागि युवराज खत्री, जोथ थापा र गगन बस्नेतले एक एक विकेट लिनुभयो । उपाधिका लागि सैनिकले मोक्षदासँग खेल्नेछ । मुलपानी मैदानमा शनिबार सम्पन्न दोस्रो सेमिफाइलनमा मोक्षदाले डिएभी स्कुललाई १२ रनले हरायो ।