• १२ साउन २०८१, शनिबार

समयलाई चिन्न सके सही गन्तव्यमा पुग्न सकिन्छ : मुख्यमन्त्री कँडेल

blog

कर्णाली हाफ म्याराथन प्रतियोगिता कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेल । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी
सुर्खेत, वैशाख २९ गते ।
 कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुद मात्र नभई हरेक ठाउँमा समयलाई चिनेर दौडिएमा मात्र सही गन्तव्यमा पुग्न सकिने बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रेस नेपालले शनिबार आयोजना गरेको कर्णाली हाफ म्याराथन प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री कँडेलले कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै समयमै सम्पन्न गर्न दबाब स्वरूप यो प्रतियोगिताको आयोजना भएको बताउनुभयो । कर्णालीको विकासलाई माग आकाङ्क्षाभन्दा पनि स्रोतसाधनको उपलब्धताका आधारमा कार्ययोजना बनाएर काम गरिने उहाँको भनाइ थियो ।

त्यस्तै, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री वीरबहादुर शाहीले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीलाई चिनाउन सुनौलो समय आएको बताउनुभयो । मन्त्री शाहीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकुदका माध्यमबाट कर्णाली चिनाउने अवसरका रूपमा पनि यसलाई लिइएको दाबी गर्नुभयो ।