• ७ जेठ २०८१, सोमबार

रियल च्याम्पियन्स लिगको फाइनलमा

blog

गोल गरेपछि खुशी मनाउँदै रियलका खेलाडी ।

काठमाडौँ, वैशाख २७ गते । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियलले बायर्न म्युनिखलाई २–१ गोलले हराउँदै रियल फाइनलमा पुगेको हो ।

रियल समग्रमा ४–३ गोलले विजयी भयो । यसअघि पहिलो लेगमा रियल र बायर्न २–२ गोलको बराबरीमा रोकिएका थिए । फाइनलमा रियलले बोरुसिया डर्टमन्डसँग जन १ तारिख प्रतिस्पर्धा गर्नेछ । डर्टमन्डले बलियो प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएर फाइनलमा स्थान बनाएको थियो । 

रियलको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता बायर्नले लिएको थियो । अल्फोन्सो डेभिसले ६८औँ मिनेछटमा गोल गर्दै बायर्नलाई अगाडि बढाउनुभयो । त्यसपछि ८८औँ मिनेटमा जोसेलुले गोल गर्दै रियललाई बराबरीमा ल्याउनुभयो ।

इन्जुरी समयमा जोसेलुले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई फाइनलमा लग्नुभयो । यससँगै १४ पटकको विजेता रियल उपाधिको लागि पुनः दाबेदारको रूपमा उभिएको छ । एजेन्सी