• १२ साउन २०८१, शनिबार

राष्ट्रिय महिला टी–२० : सुदूरपश्चिमको विजयी सुरुवात

blog

खेल जितेपछि सुदूरपश्चिमका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, वैशाख ३० गते । सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले आयोजक ललितपुर मेयर–११ लाई डिएलएसका आधारमा १६ रनले हरायो । 

वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा ६२ रनको लक्ष्य पछ्याएको ललितपुरले ११ ओभरमा दुई विकेटको क्षतिमा ४२ रन मात्र बनायो । ललितपुरका लागि कप्तान पूजा महतोले अविजित १४ रन बनाउनुभयो । सरस्वती जिएमले अविजित १२ र लक्ष्मी चौधरीले १० रन जोड्नुभयो । 

बलिङमा सुदूरपश्चिमका लागि जानकी थापा र ऋतु कनोजियाले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २२ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान विन्दु रावलले ३० रन बनाउनुभयो ।

यस्तै कविता जोशीले अविजित २५, लक्ष्मी साउदले १५, सम्झना खड्काले १३ र रेवती धामीले १० रन जोड्नुभयो । बलिङमा ललितपुरकी आरती महतो र किर्तिका मरासिनीले दुई दुई तथा पूजा महतो र तिर्सना बुढाथोकीले एक एक विकेट लिनुभयो । अर्को खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २४ रनले हराएको छ ।