• १२ साउन २०८१, शनिबार

राष्ट्रिय महिला टी–२० : ललितपुरको विजयी सुरुवात

blog

ललितपुर र बागमतीका खेलाडी खेलअघि अथितिका साथ तस्बिर खिचाउँदै ।

काठमाडौँ, वैशाख २९ गते । आयोजक ललितपुर–११ ले ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा ललितपुरले बागमती प्रदेशलाई सात विकेटले हरायो ।

जितको लागि बागमतीले दिएको ५३ रनको लक्ष्य ललितपुरले १३.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । ललितपुरका लागि कप्तान पूजा महतोले अविजित २३ र लक्ष्मी चौधरीले १२ रन बनाउनुभयो । बलिङमा बागमतीकी खुशी डंगोलले एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले १४.२ ओभरमा सबै विकेटको क्षतिमा ५२ रन बनाएको थियो । बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले २० र कञ्चन श्रेष्ठले ११ रन बनाउनुभयो । बलिङमा ललितपुरका कृतिका मरासिनीले चार विकेट लिनुभयो । सरस्वतीकुमारी चौधरीले तीन र पूजा महतोले दुई विकेट झार्नुभयो ।