• ११ मंसिर २०८१, मङ्गलबार

अन्नपूर्ण म्याराथनको उपाधि श्रेष्ठ र राईलाई

blog

सन्तोष सुवेदी

कास्की, जेठ २२ गते । चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका होमलाल श्रेष्ठले जित्नुभएको छ । गत वर्षका उपविजेता श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दुरी ४ घण्टा १६ मिनेट २४ सेकेन्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । यद्यपि उहाँले उक्त दुरी ४ घण्टा १२ मिनेट ५१ सेकेन्डमा पार गरेका गर्नुभएको थियो ।

सोलुखुम्बुका अर्जुङ कुलुङ दोस्रो हुनुभयो । उहाँले निर्धारित दुरी ४ घण्टा ३५ मिनेट १५ सेकेन्डमा पुरा गर्नुभयो । उहाँ ५ दिन अघि मात्र एभरेस्ट म्याराथनको उपाधि चुमेर लगत्तै अन्नपूर्ण म्याराथनमा सहभागी हुनुभएको थियो । 

त्यसैगरी गत वर्षका विजेता जुम्लाका धीर बहादुर बुढा तेस्रो हुनुभयो । उहाँले ४ घण्टा ४३ मिनेट ६ सेकेण्डको समयमा निर्धारित दुरी पार गरेका गर्नुभयो । द्वितीय र तृतीय स्थान प्राप्त गरेका राई र बुढाले क्रमशः एक लाख, ७५ हजार नगद प्राप्त गर्नुभएको हो ।

महिलातर्फ खोटाङकी राई प्रथम 

महिलातर्फको उपाधि खोटाङका निर्मला राईले जित्नुभएको छ । उहाँले निर्धारित दुरी ५ घण्टा ३७ मिनेट ४७ सेकेन्डमा पुरा नगद १ लाख ५० हजार राशि पुरस्कार प्राप्त गर्नुभयो । नेपाल आर्मीकी ९डोल्पा घर भएकी० सुनसरी रोकायले ५ घण्टा ४५ मिनेट ३१ सेकेन्डमा दौड पुरा गर्दै दोस्रो स्थानमा रहनुभयो भने ओखलढुङ्गाकी छोकी शेर्पाले ५ घण्टा ५६ मिनेट ५९ सेकेण्डको समय दुरी पार गर्दै तेस्रो बन्नुभयो ।

गत वर्ष पनि तेस्रो स्थान प्राप्त गर्नुभएकी शेर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेन्डमा दौड पुरा गर्नुभएको थियो । महिलातर्फ पनि द्वितीय र तृतीय स्थान प्राप्त गरेका रोकाय र शेर्पाले क्रमशः एक लाख र ७५ हजार प्राप्त गर्नुभयो । दौड ४ हजार १ सय ३० मिटरको अन्नपूर्ण आधार शिविरबाट सुरु भई माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुक ओर्लिएर समापन भएको थियो। महिला तर्फ १ विदेशी सहित ११ जना धाविकाको सहभागिता रहेको थियो ।

तीन विदेशी ४९ जना पुरुष धावकको सहभागिता रहेको थियो । महिला तथा पुरुष गरी ६० जना धावकले भाग लिएकोमा २ जनाले बिचबाटै प्रतियोगिता छाडेका थिए । ४ विदेशी मध्ये ३ जना बेलाएती र १ स्क्टल्यान्डका धावकको सहभागिता रहेको थियो । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा सञ्चालित अन्नपूर्ण म्याराथनमा विजेता धावकहरूलाई म्याराथनका समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामलामन्त्री डा। टकराज गुरुङ, मूल आयोजक समितिका संयोजक एवम् समितिका अध्यक्ष ललित गुरुङ लगायतका विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गर्नुभएको थियो ।

‘पर्यटनका लागि सबै मौसम’ भन्ने नारासहित अन्नपूर्ण पदयात्रा क्षेत्रको विकास र विस्तारमा टेवा पुर्‍याउने उद्देश्यसहित समितिले २०७५ सालदेखि अन्नपूर्ण म्याराथन आयोजना गर्दै आएको हो।अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रूपमा विकास गर्न गत वर्षदेखि अल्टिमेट एडभान्चर नेपालको साथ र सहयोग रहेको समितिले जनाएको छ।