• १३ असार २०८१, बिहिबार

नेपाल पुलिस र हेल्प नेपाललाई भलिबल उपाधि

blog

काठमाडौँ, जेठ २७ गते । नेपाल पुलिस क्लब तथा टिपटप हेल्प नेपालले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीसहित तीन भारतीय राष्ट्रिय टोलीका खेलाडी सम्मिलित एभरेस्टलाई ३–२ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो ।

सुरुवाती दुई सेट जितेको पुलिसले त्यसपछिको दुई सेट गुमाए पनि पाँचौँ सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो । 

फाइनलको पहिलो सेट पुुलिसले २५–२१ ले जित्यो । दोस्रो सेट पनि २५–२३ ले जित्दै पुलिस उपाधितर्फ लम्कियो तर त्यसपछिको दुवै सेट एभरेस्टलाई २०–२५ र २०–२५ ले आफ्नो नाममा पार्दा खेल पाँचौँ सेटमा लम्बियो । यी दुई सेटमा पुलिसको कमजोर प्रदर्शन रहँदा एभरेस्टले आफ्नो प्रदर्शनमा सुधार गरेको थियो । निर्णायक तथा पाँचौँ सेट निकै रोमाञ्चक रहँदा पुलिसले १५–१२ ले बाजी मार्न सफल भयो । 

पुलिसका सहायक प्रशिक्षक सुशीला थापाले भन्नुभयो । गत चैतमा भएको आठौँ आरबिबिएनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा एभरेस्टले उपाधि जितेको थियो । यसपालि सोही च्याम्पियन टिमलाई हराएर उपाधि जित्न सफल भयौँ, म खुसी छु । 

पुरुषतर्फ गण्डकी भलिबल एसोसिएसनलाई ३–१ को सेटमा पाखा लगाउँदै टिपटप हेल्प नेपालले उपाधि हात पारेको हो । पहिलो सेट २२–२५ ले जितेको हेल्प नेपालले दोस्रो सेट भने २५–२० ले गुमाएको थियो । तेस्रो र चौथो सेट हेल्प नेपाल २०–२५ र २०–२५ ले जित्दै च्याम्पियन बन्यो ।

उपाधिसँगै पुलिस हेल्प नेपालले ट्रफीस्हित आठ/आठ लाख रुपियाँ प्राप्त गरे । दोस्रो भएको एभरेस्ट (महिला) र गण्डकी (पुरुष) ले चार/चार लाख रुपियाँ पाए । यसै गरी महिलातर्फ नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई सोझो सेट २५–१९, २५–२० र २५–१९ ले पराजित तेस्रो स्थान हासिल ग¥यो । एपिएफले दई लाख रुपियाँ हात पारेको छ ।

पुरुषतर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३१–२९, १३–२५, २२–२५, २५–२३ र १५–८ को स्कोर लाइन सेटमा हराएर तेस्रो स्थान बनायो ।

मुवासर र उषा सर्वोत्कृष्ट खेलाडी 

च्याम्पियन टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर मुवासर राजा वाटो र नेपाल पुलिस क्लबकी उषा भण्डारी आठौँ पिएमकपएनभिए महिला तथा पुरुष भलिबल लिगको सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो । 

सर्वाेत्कृष्ट दुवैले समान ५० हजार रुपियाँसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । पुरुष र महिला दुवैतर्फको विधागत उत्कृष्टले जनही २० हजार रुपियाँसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । 

आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फ

सर्वाेत्कृष्ट – उषा भण्डारी (पुलिस)

स्पाइकर – केपी अनुश्री (एभरेस्ट)

सेटर – कमला पुन (पुलिस)

सर्भर – निरुता ठगुन्ना (एपिएफ)

ब्लकर – सूर्या (एभरेस्ट)

लिवेरो – शान्तिकला तामाङ (पुलिस)

प्रशिक्षक– रुपेशकुमार विष्ट (पुलिस)

पुरुषतर्फ

सर्वाेत्कृष्ट – मुवासर राजा वाटो (हेल्प नेपाल)

स्पाइकर – सन्तोष (गण्डकी)

सेटर – अदनान खान (हेल्प नेपाल)

सर्भर – रमनकुमार (गण्डकी)

ब्लकर – सफल विक (पुलिस)

लिवेरो – टोपबहादुर थापा ‘दीपक’ (हेल्प नेपाल)

प्रशिक्षक – उत्सव खड्का (हेल्प नेपाल)