गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन खेलाडीको चमेली बोल्दिने कोही छैन ।। पदाधिकारीलाई धनमाथि धनै छ । खेलाडीलाई चमेली रिनमाथि रिनै छ .....
पाटनको कृष्णमन्दिर डबलीमा देखाइने ऐतिहासिक कात्तिकनाचका क्रममा सोमबार राति नरसिंह अवतारको हिरण्यकशिपु वध देखाइएको छ । मङ्गलबजारस्थित कात्तिक डबलीमा प्रदर्शन हुने ३७८ वर्ष परम्परागत नाचमा हिरण्यकशिपु पात्रको वध गरेपछि कलाकारले साँच्चै होस गुमाउने कथन छ । कात्तिकनाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले हिरण्यकशिपुको वध गरेपछि कलाकारले होस गुमाउने क्षण दर्शकका लागि सबैभन्दा चाखलाग्दो बन्ने गरेको बताउनुभयो । बेलुका सुरु भएको नाचमा भगवान् विष्णुले नरसिंह अवतारको रूप धारण गरी हिरण्यकशिपुको वध गर्ने प्रस्तुति गरिएको थियो । कात्तिकनाचको विशेष आकर्षण यसैलाई मानिन्छ ।
लोकको चरित्र उदाङ्गो पार्न देखाइने प्रसिद्ध कार्तिकनाच (काती प्याखँ) सोमबार ‘भक्त सुरदास प्याखँ’ मञ्चनसहित प्रारम्भ भएको छ । पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरमा छेउको डबलीमा विसं १६९७ (नेसं ७६१) मा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले कार्तिकनाच सुरु गर्नुभएको हो । धार्मिक र तान्त्रिक महत्वसँग जुडिएको काती प्याखँ १० दिन चल्ने छ । कार्तिकनाच समितिका सदस्य तथा तलेजु मन्दिरका पुजारी सञ्जय शर्मा राजोपाध्यायले ललितपुरका तत्कालीन राजा श्रीनिवास मल्लले संसारलाई बिउँझाउनका लागि देखाउन लगाएको नाचको अहिले पनि उत्तिकै महत्व रहेको जानकारी दिनुभयो । जनतालाई नैतिक शिक्षा दिनका लागि कार्तिकनाच देखाउने गरेको उहाँको भनाइ छ ।
भक्तपुरस्थित पोटरी स्क्वायर ‘कुमाले टोल’ मा तिहारका लागि माटाका पाला सुकाउनमा व्यस्त हुनुहुन्थ्यो १७ वर्षीय सन्जु प्रजापति । बोल्नसमेत फुर्सद हुँदैन प्रजापति भन्नुहहुन्छ, “कात्तिक १ गतेसम्म ५०/६० हजार माटाका पालाको अर्डर छ ।”
‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखान नसुन्ने सायदै होलान् । कसैले नगरेको काम वा अनौठो काम गर्दा होच्याएर अथवा प्रोत्साहन दिन यो उखान भन्ने गरिन्छ । हाँडीगाउँमा मनाइने जात्रा भने देशभर मनाइने अन्य जात्राभन्दा भिन्न भएकै कारण ‘कहीँ नभएको’ भनिएको हो ।
नेवार समुदायले बडादसैँ मनाउँदैनन् भन्दा अचम्म लाग्न सक्छ । यस समुदायले दसैँको रूपमा मोहनी नखः मनाउने गर्दछन् । नेवार समुदायमा फूलपाती भिœयाउने चलन छैन
इन्द्रजात्रा (येँया) को अन्तिम दिन महिलाहरूले जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा गरी जात्रा सम्पन्न गरिने चलन छ तर जेन जीको आन्दोलनका कारण देशको परिस्थिति अनुकूल नभएकाले श्री कुमारी, श्री भैरव र श्री गणेशको साधारण पूजा गरी बिहीबार योसी (लिङ्गो) ढालेर सम्पन्न गरिने भएको छ ।
ललितपुरको पाटनमा दीपयात्रा अर्थात् मतयाः पर्व सोमबार मनाइएको छ । मृत आत्माको शान्तिको कामना गर्दै गाईजात्राको भोलिपल्ट मतयाः यात्रा सुरु हुने गर्छ । ललितपुरमा चार दिशामा अवस्थित स्तम्भभित्र रहेका मठमन्दिर र चैत्यमा पूजाआजाका साथ पैसा, अन्न आदि चढाउँदै परिक्रमा गरिन्छ ।
नौ दिनअघि बङ्गलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली युवा टिम अर्को अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आफूलाई साबित गर्न तयार बनेको छ । नेपाली महिला यु–२० फुटबल टिमले भुटानमा हुने एएफसी यु–२० महिला एसियन कप छनोट खेल्न बिहीबार भुटान जाँदै छ ।
भूत, प्रेत र पिशाचादिलाई बिदा गर्दै देशभरका नेवार समुदायले बुधबार गठामुगः (घण्टाकर्ण) पर्व मनाएका छन् । घण्टाकर्णसँगै नेवार समुदायमा चाडपर्वको आगमनसमेत भएको मानिन्छ ।
बङ्गलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा उपविजेता भएको नेपाली फुटबल टोली मङ्गलबार स्वदेश फर्केको छ । नेपाली यु–२० महिला टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य सरिला श्रेष्ठलगायतका पदाधिकारीले स्वागत गर्नुभएको थियो ।
पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाली क्रिकेटको उचाइ प्रस्टसँग देखिएको छ । महिला र पुरुष दुवै सिनियर÷जुनियर टोलीले अन्तर्राष्ट्रियस्तरमा पाएको सफलताले नेपाली क्रिकेट टोलीको वेगलाई झल्काएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बङ्गलादेशमा हुने साफ यु–२० महिला च्याम्पियनसिप खेल्न जाने नेपाली महिला टोलीलाई मङ्गलबार बिदाइ गरेको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतले नेपाली महिला यु–२० टोलीलाई शुभकामनासहित बिदाइ गर्नुभयो ।
अपेक्षा गरेको बेला मिलेको सफलताले भन्दा आशा नगरेको बेला प्राप्त सफलताले खुसी दिन्छ । नेपाली क्रिकेट टोलीले स्कटल्यान्डको भ्रमणबाट क्रिकेट समर्थकलाई यस्तै खुसी दिएको छ ।
मानव जीवन फूल जस्तै रङ्गीन होस् र कुनै विघ्नबाधा नहोस् भने मगर समुदायले आइतबार देशभर भुमेपर्व मनाएका छन् । सांस्कृतिक जगेर्ना गर्ने उद्देश्यले काठमाडौँ उपत्यकाको टुँडिखेलमा तीन दिनसम्म पर्वको आयोजना भइरहेको छ ।