अबिरया होली तँ चाया ला ल्यासे अबिरं छंगु ख्वाः हिसि दयका बिई न्हापालिपा मछासां थौंला प्याखं हुला क्यों... (अबिरको होली रिसाएको हो कि, अबिरले तिम्रो अनुहार राम्रो बनाइदिन्छु, पहिले लाज माने पनि आज नाचिदेउ) हरेक होलीमा युवापुस्तादेखि पाखा उमेर समूहमा यो गीत निकै लोक
फागुन २१ को निर्वाचनलाई लक्ष्यित गरेर विभिन्न राजनीतिक दलले आआफ्ना घोषणापत्रमा खेलकुदलाई प्राथमिकतामा राखेका छन् । सार्वजनिक गरेका अधिकांश दलले घोषणापत्रमा खेलकुदको विकासको बुँदालाई समेटेका छन् । विगतमा प्रायः दलको चुनावी घोषणापत्रमा खेलकुद कम प्राथमिकतामा पर्दथ्यो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको माहोल तातेका बेला खेलकर्मी पनि पछाडि पर्ने कुरै भएन । आगामी चुनावका लागि सङ्घका अध्यक्ष, प्रशिक्षक, खेलाडी, कमेन्टेटरलगायतले उम्मेदवारी दिएका छन् ।
वर्षभरि निरोगी हुन माघेसङ्क्रान्ति अर्थात् घिउचाकु, सँल्हु दिन विभिन्न समुदायले तोरी अथवा तिलको तेल लगाउने तथा घिउचाकु खाने चलन छ । साधारणतया जाडो मौसममा
स्ट्राइकर रश्मिकुमारी घिसिङको गोल निर्णायक बनेपछि नेपाल एपिएफ क्लबले आइतबार दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराँची सिटी फुटबल क्लबलाई १–० ले हराएको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला क्लब च्याम्पियनसिपमा घरेलु टिम सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबलाई र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिजले गोलरहित बराबरीमा रोकेको छ ।
गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन खेलाडीको चमेली बोल्दिने कोही छैन ।। पदाधिकारीलाई धनमाथि धनै छ । खेलाडीलाई चमेली रिनमाथि रिनै छ .....
पाटनको कृष्णमन्दिर डबलीमा देखाइने ऐतिहासिक कात्तिकनाचका क्रममा सोमबार राति नरसिंह अवतारको हिरण्यकशिपु वध देखाइएको छ । मङ्गलबजारस्थित कात्तिक डबलीमा प्रदर्शन हुने ३७८ वर्ष परम्परागत नाचमा हिरण्यकशिपु पात्रको वध गरेपछि कलाकारले साँच्चै होस गुमाउने कथन छ । कात्तिकनाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले हिरण्यकशिपुको वध गरेपछि कलाकारले होस गुमाउने क्षण दर्शकका लागि सबैभन्दा चाखलाग्दो बन्ने गरेको बताउनुभयो । बेलुका सुरु भएको नाचमा भगवान् विष्णुले नरसिंह अवतारको रूप धारण गरी हिरण्यकशिपुको वध गर्ने प्रस्तुति गरिएको थियो । कात्तिकनाचको विशेष आकर्षण यसैलाई मानिन्छ ।
लोकको चरित्र उदाङ्गो पार्न देखाइने प्रसिद्ध कार्तिकनाच (काती प्याखँ) सोमबार ‘भक्त सुरदास प्याखँ’ मञ्चनसहित प्रारम्भ भएको छ । पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरमा छेउको डबलीमा विसं १६९७ (नेसं ७६१) मा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले कार्तिकनाच सुरु गर्नुभएको हो । धार्मिक र तान्त्रिक महत्वसँग जुडिएको काती प्याखँ १० दिन चल्ने छ । कार्तिकनाच समितिका सदस्य तथा तलेजु मन्दिरका पुजारी सञ्जय शर्मा राजोपाध्यायले ललितपुरका तत्कालीन राजा श्रीनिवास मल्लले संसारलाई बिउँझाउनका लागि देखाउन लगाएको नाचको अहिले पनि उत्तिकै महत्व रहेको जानकारी दिनुभयो । जनतालाई नैतिक शिक्षा दिनका लागि कार्तिकनाच देखाउने गरेको उहाँको भनाइ छ ।
भक्तपुरस्थित पोटरी स्क्वायर ‘कुमाले टोल’ मा तिहारका लागि माटाका पाला सुकाउनमा व्यस्त हुनुहुन्थ्यो १७ वर्षीय सन्जु प्रजापति । बोल्नसमेत फुर्सद हुँदैन प्रजापति भन्नुहहुन्छ, “कात्तिक १ गतेसम्म ५०/६० हजार माटाका पालाको अर्डर छ ।”
‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखान नसुन्ने सायदै होलान् । कसैले नगरेको काम वा अनौठो काम गर्दा होच्याएर अथवा प्रोत्साहन दिन यो उखान भन्ने गरिन्छ । हाँडीगाउँमा मनाइने जात्रा भने देशभर मनाइने अन्य जात्राभन्दा भिन्न भएकै कारण ‘कहीँ नभएको’ भनिएको हो ।
नेवार समुदायले बडादसैँ मनाउँदैनन् भन्दा अचम्म लाग्न सक्छ । यस समुदायले दसैँको रूपमा मोहनी नखः मनाउने गर्दछन् । नेवार समुदायमा फूलपाती भिœयाउने चलन छैन
इन्द्रजात्रा (येँया) को अन्तिम दिन महिलाहरूले जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा गरी जात्रा सम्पन्न गरिने चलन छ तर जेन जीको आन्दोलनका कारण देशको परिस्थिति अनुकूल नभएकाले श्री कुमारी, श्री भैरव र श्री गणेशको साधारण पूजा गरी बिहीबार योसी (लिङ्गो) ढालेर सम्पन्न गरिने भएको छ ।
ललितपुरको पाटनमा दीपयात्रा अर्थात् मतयाः पर्व सोमबार मनाइएको छ । मृत आत्माको शान्तिको कामना गर्दै गाईजात्राको भोलिपल्ट मतयाः यात्रा सुरु हुने गर्छ । ललितपुरमा चार दिशामा अवस्थित स्तम्भभित्र रहेका मठमन्दिर र चैत्यमा पूजाआजाका साथ पैसा, अन्न आदि चढाउँदै परिक्रमा गरिन्छ ।
नौ दिनअघि बङ्गलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली युवा टिम अर्को अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आफूलाई साबित गर्न तयार बनेको छ । नेपाली महिला यु–२० फुटबल टिमले भुटानमा हुने एएफसी यु–२० महिला एसियन कप छनोट खेल्न बिहीबार भुटान जाँदै छ ।