मल्लकालीन सांस्कृतिक उत्सव ‘कात्तिक नाच’को आठौँ दिन आइतबार राति नरसिंह अवतार नृत्य हेर्न पाटनको मङ्गलबजारमा ठूलो भीड उर्लियो। जति रात ढल्किँदै गयो, त्यति नै कात्तिक नाच हुने ठाउँ मङ्गलबजारको चहलपहल बढ्न थाल्यो। मध्यरातसम्म आइपुग्दा कृष्ण मन्दिर छेउको डबली वरपर थामिनसक्नु भीड थियो। यसको कारण थियो– ऐतिहासिक कात्तिक नाचअन्तर्गत मध्यरातसम्म देखाइने नरसिंह अवतारको हिरण्यकशिपु वध।
मकै सुब्बाले वैकुण्ठ चतुर्दशीका दिन चलाउँदै आउनुभएको पशुपतिनाथ महास्नान सोमबार हुने भएको छ। मल्लकालीन समयमा आफ्नो जायजेथा परोपकार तथा धर्मकर्ममा समर्पण गर्ने दाताका रूपमा मकै सुब्बाको इतिहासमा नाम छ। यसै मौसममा धर्तीमा उब्जेका सबै अनाज, फलफूल र कन्दमूलसहित प्रशस्त पञ्चामृतद्वारा महास्नान गर्ने यो पल्टको पालो मकै सुब्बाका सन्तति बत्तीसपुतली निवासी राजेश्वर जोशीको परेको छ।
चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ। बलम्बु महालक्ष्मी जात्रा काठमाडौँ उपत्यकाको प्राचीन र महत्त्वपूर्ण जात्रा हो। यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन्।
लोकको चरित्र उदाङ्गो पार्न देखाइने कात्तिक नाच प्रहसन भइरहेको छ। पाटनको डबलीमा देखाइने प्रसिद्ध कात्तिक नाचका पाटनको कृष्ण मन्दिरमा छेउको डबलीमा रातमा देखाइन्छ। हरेक वर्ष कात्तिक शुक्ल पष्ठीदेखि यो नाचको सुरु हुन्छ। कात्तिक नाच संरक्षण समितिका सदस्य तथा पुजारी सञ्जय राजोपाध्यायले लोकको चरित्र उदाङ्गो पार्न र नैतिक शिक्षा दिन आयोजित प्रहसन भएकाले यसलाई निरन्तरता दिँदै आएको जानकारी दिनुभयो।
नरदेवी श्वेतकाली अजिमाको १२ वर्षे देवी नाच सोमबारदेखि तलेजु भवानी मन्दिर डबलीमा नचाइने भएको छ। कात्तिक २ गतेसम्म नचाइने नाच मखनस्थित तलेजु भवानी मन्दिरमा रातभरि नचाइने नाच समारोह समितिले जनाएको छ। समितिका सहसंयोजक सत्यनारायण डङ्गोलले सोमबार बेलुका ६ः०० बजे ङतभुलु (नरदेवी) अजिमाको द्यः छेँबाट नाच सुरु हुने जानकारी दिनुभयो। त्यसपछि ८ः०० बजे तलेजु भवानी मन्दिरमा देवी नाच प्रवेश गर्ने र १०ः०० बजेतिर सर्वसाधारणलाई दर्शन गर्न दिइने उहाँले बताउनुभयो। उहाँका अनुसार राति १ः०० बजेसम्म प्रस्तुत गरेपछि देवी नाचको पहिलो चरण सम्पन्न हुनेछ।
भक्तपुरस्थित ‘कुमाले टोल’ । कोही माटोको पाला बनाउन माटो मिलाउँदै छन् भने कोही चक्का घुमाउँदै पालालाई आकार दिँदै छन्। कतिपय भने सुकाएर पोलेपछि तयार गरिएको पाला बजार पठाउन व्यस्त देखिन्छन्। तिहार नजिकिएसँगै माटाको पालामा दियो बाल्ने दिन पनि नजिकिँदा पाला बनाउन भ्याइनभ्याइ छ कुमालेलाई। वर्षमा यही सिजनमा पाला धेरै बिक्री हुने भएपछि बोल्नसम्म पनि फुर्सद नभएको देखिन्थे कतिपय कुमाले। तिहारमा घरआँगन झिलिमिली गर्न तथा लक्ष्मीको पूजाअर्चना गर्न माटोको पाला चोखो मानिँदै आएको छ।
नेरिस्का स्थापित गायन, अभिनय, कथावाचन र कलामा अद्भुत क्षमताकी धनी हुनुहुन्छ। विभिन्न म्युजिक भिडियो, विज्ञापन तथा छोटा चलचित्रको अभिनय गरिसक्नुभएकी नेरिस्का लिटल मोडलका रूपमा समेत परिचित भइसक्नुभएको छ। दुईवटा सौन्दर्य प्रतियोगिता ‘मिस लिटल आइडल–२०१८’ र ‘लिटल स्टार अफ दी इयर–२०१९’को उपाधि हात पारिसक्नुभएका उहाँलाई कुमारी नृत्य गर्न मन पर्छ। उहाँले विभिन्न कार्यक्रममा ३८ पटक यो नाच प्रस्तुत गरिसक्नुभएको छ।
दशैँको खानपान तथा मेकअपले धेरैलाई अनुहार तथा छालामा समस्या आउन सक्छ। त्यसैले समयमा नै अनुहार तथा छालाको स्याहार नगरे पछि ठुलो समस्या आउन सक्ने सौन्दर्यविद् सुष्मा महरा बताउनुहुन्छ। चाडपर्वमा धेरै मेकअप र खानपानको लापरबाहीका कारण छालामा विभिन्न समस्या आउन सक्छ, उहाँले भन्नुभयो, स्वस्थ बनाउन अलिकति समय निकालेर यसको हेरचाह गर्नुपर्छ। छालाको सुरक्षाका लागि महँगो मूल्य तिरेर मात्र हुँदैन बरु केही कुरामा सचेत भएर घरेलु उपाय अपनाउन सकिन्छ। सामान्य कुरामा ध्यान पु¥याउन सकियो भने छालाको प्राकृतिक सौन्दर्य जोगाउन सकिन्छ, महरा भन्नुहुन्छ।
ललितपुरको सबभन्दा पुरानो बस्तीमध्ये एक खोकनामा प्रत्येक वर्ष दशैँको समयमा सिकाली जात्रा (रुद्रायणी नाच) हर्षोल्लासका साथ मनाइन्छ । घटस्थापनादेखि नै सुरु हुने सिकाली जात्रा बडादशैँ नमनाएर खोकना सिकाली जात्रा मनाउने गर्छ । पञ्चमीको दिन मूल जात्राका रूपमा खट जात्रा गरिन्छ भने षष्ठीको दिनमा देवी देवताको नाच गरिन्छ ।
दशैँको आगमनसँगै काठमाडौँ उपत्यकामा आकाशभरि रङ्गीचङ्गी चङ्गा उडेको देखिन्थ्यो तर अचेल भने दशैँ सुरु हुँदा पनि आकाशमा चङ्गा उडेको देख्न मुस्किल पर्छ ।
कलाकारिता तथा अभिनय यस्तो क्षेत्र हो जहाँ मेहनतले मात्र सफल हुन सकिन्छ भन्ने विश्वास राख्नुहुन्छ कलाकार तथा नृत्याङ्गना रन्जु श्रेष्ठ। चर्यादेखि कथक नृत्यमा उत्कृष्ट बन्नुभएका श्रेष्ठले विभिन्न चलचित्रदेखि टेलिशृङ्खलामा आफ्नो अभिनयको जादू प्रस्तुत गरिसक्नुभएको छ। यतिमा मात्र श्रेष्ठको परिचय सीमित छैन। लोकप्रिय ‘मुमिन कार्नुन’मा प्रमुख पात्र मुमिनमा स्वर (भ्वाइस ओभर) दिने पनि उहाँ नै हुनुहुन्छ।
काठमाडौँ, भदौ २२ गते। हनुमानढोका दरबारअगाडि बुधबार लिङ्गो उठेपछि आधिकारिक रूपमा इन्द्रजात्रा (येँया पुन्ही ) सुरु भएको छ। आठ दिनसम्म चल्ने पर्व उपत्यकावासीको महत्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको योंसी (लिङ्गो) बिहान ७ बजेर १७ मिनेटमा ठड्याउने साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको हो। नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रुख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ।
समीर जोशी नायक बन्न कलाकारिता क्षेत्रमा प्रवेश गर्नुभएको हो तर उहाँको पहिचान अहिले एक सफल निर्देशकका रूपमा रहेको छ। २०५२ सालमा प्रदर्शन भएको ‘कुशा’ टेलिचलचित्रबाट उहाँले यस क्षेत्रमा पाइला टेक्नुभयो। परिवारमा यस क्षेत्रमा कोही पनि थिएन तर मेरो आफ्नै इच्छाले चलचित्र क्षेत्र रोजेँ, जोशीले भन्नुभयो, “सानैदेखि चलचित्रमा अभिनय गर्ने सोख थियो। विद्यालयमा कार्यक्रम हुँदा अभिनय गर्ने, गीत गाउनेजस्ता क्रियाकलाप गर्थें। त्यसैले सानैदेखि नायक बन्न इच्छा थियो। नायक नै बन्छु भनेर यस क्षेत्रमा होमिएँ तर निर्देशक बनेँ।”
तीज पर्व भन्नासाथ हामी चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरका रूपमा बुझ्छौँ । यस अवसरमा चेलीहरू माइत जान्छन् । रातो, हरियो, पहेँलो रङको पहिरनमा सजिएर उपवास बसेर नाचगान गर्छन् । गीतको माध्यमबाट मनको बह पोख्छन् । हरेक वर्ष भाद्र शुक्लपक्ष तृतीयाका दिन महिलाहरूले हरितालिका तीज धुमधामका साथ मनाउने गर्छन् । महिलाका लागि यो व्रत सबैभन्दा उत्तम व्रतका रूपमा लिइन्छ । यो व्रतले महिलालाई अखण्ड सौभाग्य प्राप्त हुने ज्योतिष डा. सुनिल सिटौलाले बताउनुभयो । उहाँ भन्नुहुन्छ– “विवाह भइसकेका महिलाले आफ्ना पतिको सुख, समृद्धि र दीर्घायुका लागि र आफ्नो सौभाग्यका लागि यो व्रत बस्ने गर्छन् । अविवाहित महिलाहरू भने आफूले चिताएजस्तै राम्रो र असल पति पाइयोस् भन्ने उद्देश्यले यो व्रत बस्ने गर्छन् ।”
पाँचवटा दीपङ्कर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराई बिहीबार भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ। प्रत्येक वर्ष बौद्ध धर्मावलम्बी नेवारको ठूलो पर्व पञ्जरा अर्थात् पञ्चदान सांस्कृतिक उत्सवका रूपमा मनाउँछन्। बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन मनाइने पर्वका क्रममा भक्तपुर नगरको सूर्यमढीमा पाँचवटा दीपङ्कर बुद्धलाई भेला गराई नगर परिक्रमा गराउने परम्परा रहेको स्थानीय तथा महाकाली नाचका मूल नाइके तुलसीनारायण दण्डख्वाले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि नगरका पाँच छुट्टाछुट्टै स्थानमा राखिएका दीपङ्कर बुद्धलाई सूर्यमढीमा टोलस्थित डबलीमा बोकेर ल्याइने पनि जानकारी दिनुभयो।