पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाली क्रिकेटको उचाइ प्रस्टसँग देखिएको छ । महिला र पुरुष दुवै सिनियर÷जुनियर टोलीले अन्तर्राष्ट्रियस्तरमा पाएको सफलताले नेपाली क्रिकेट टोलीको वेगलाई झल्काएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बङ्गलादेशमा हुने साफ यु–२० महिला च्याम्पियनसिप खेल्न जाने नेपाली महिला टोलीलाई मङ्गलबार बिदाइ गरेको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतले नेपाली महिला यु–२० टोलीलाई शुभकामनासहित बिदाइ गर्नुभयो ।
अपेक्षा गरेको बेला मिलेको सफलताले भन्दा आशा नगरेको बेला प्राप्त सफलताले खुसी दिन्छ । नेपाली क्रिकेट टोलीले स्कटल्यान्डको भ्रमणबाट क्रिकेट समर्थकलाई यस्तै खुसी दिएको छ ।
मानव जीवन फूल जस्तै रङ्गीन होस् र कुनै विघ्नबाधा नहोस् भने मगर समुदायले आइतबार देशभर भुमेपर्व मनाएका छन् । सांस्कृतिक जगेर्ना गर्ने उद्देश्यले काठमाडौँ उपत्यकाको टुँडिखेलमा तीन दिनसम्म पर्वको आयोजना भइरहेको छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले नेपाली महिला टोलीलाई अङ्कले भन्दा गुणस्तरका आधारमा बलियो बनाउने बताउनुभएको छ ।
बिहान पानीको स्रोत सरसफाइ गरी विभिन्न परिकार बनाई नेवार समुदायले आइतबार सिथि नखः पर्व मनाएका छन् । गर्मी मौसम सकेर वर्षायाम सुरु भएसँगै ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथिमा यो पर्व मनाउने गरिन्छ ।
राजतन्त्रको अन्त्यसँगै प्राप्त गणतन्त्रपछि नेपाली खेलकुद क्षेत्रमा उल्लेखनीय परिवर्तन भएका छन् ।
बनेपा, काभ्रेका नेवार समुदायले २५ सय वर्षअगाडिदेखि मनाउने चण्डेश्वरी जात्राले नगर उल्लासमय बनेको छ ।
ललितपुरको लुभुमा महालक्ष्मी महाभैरवको जात्रा सुरु भएको छ । पाटनमा रातो मत्स्येन्द्रनाथको रथारोहण भएसँगै अक्षय तृतीयाको दिनदेखि लुभुमा महालक्ष्मी महाभैरवको जात्रा सुरु हुने गर्छ ।
‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला...’ भक्तपुरको दत्तात्रय मन्दिरअगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रूपमा भीमसेनलाई पुज्दै होलीपर्व बिहीबार मनाइएको हो ।
हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ उपत्यका नेपाल भाषाका गीतले गुञ्जयमान हुन्छ ।
नेपालको महिला फुटबल टिमलाई अन्तर्राष्ट्रिय उपाधिले लोभ्याएको धेरै समय भइसक्यो ।
सामान्यतय सात वर्षको बालक भाँडाकुटी खेलेर रमाइलो गर्छ तर यहाँ एक सात वर्षका बालकले कलिलो उमेरमै माटोको भाँडो बनाएर सबैलाई आश्चर्यमा पार्नुभयो ।
घरेलु क्रिकेटको नयाँ युगको सुरुवात हुने र क्रिकेटको व्यावसायिकतामा नयाँ आयाम थप्ने बहुप्रतीक्षित नेपाल प्रिमियर लिग आज (शनिबार) देखि सुरु हुँदै छ ।
खेलकुदमा दर्शकलाई १२ औँ खेलाडी भनिन्छ । घरेलु दर्शकको ऊर्जामा सानो टिमले पनि ठुला टिमलाई हराएको थुप्रै उदाहरण छन् ।