बोडेको ऐतिहासिक पलिस्वाँ पुखुः (कमल पोखरी) मा आधा शताब्दीपछि फुलेका छन्, ढकमक्क कमल । त्यही पोखरीबाट कमल फुल टिपेर कलकलाउँदो चुल्ठोमा सिउरेकी थिइन्, धेरै वर्षअघि राममती श्रेष्ठले । पोखरीको डिलमा उभिएर पलिस्वाँ हेरेर टोलाइरहेकी स्थानीय राममती पलिस्वाँ पुखुः ले यसरी पुनर्जीवन पाएकोमा आश्चर्यचकित हुनुहुन्छ । घर बनाउन जग खनिसकेको पोखरीमा फेरि कमल फुल्ला भनेर कसले पत्याएको थियो र ?
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी टी–२० विश्वकपमा ब्याटिङ र फिल्डिङमा अपेक्षाकृत प्रदर्शन नहुँदा जितको नजिक पुगेर पनि हार बेहोर्नु परेको बताउनुभएको छ । टी–२० विश्वकपमा सहभागी भई स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले बलिङ राम्रो भए पनि ब्याटिङ र फिल्डिङले साथ दिन नसकेको बताउनुभयो । आइसिसी विश्वकपमा नेपाल समूह ‘डी’ मा दक्षिण अफ्रिका र बङ्गलादेशसँग जितको नजिक पुगेर ब्याटिङ र फिल्डिङमा पनि निराश बनेको थियो । श्रीलङ्कासँगको खेल वर्षाले अनिर्णीत हुँदा नेपालले एक अङ्क जोडेको थियो । उहाँले दक्षिण अफ्रिका र बङ्गलादेश जस्ता ठुला टिमविरुद्ध मौका मिलेर पनि जित हासिल गर्न नसक्दा समर्थकलाई पीडा भएको अनुभव आफूले गरेको बताउनुभयो ।
वर्षायाम सुरुसँगै ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथिका दिन पानीका परम्परागत स्रोतको सरसफाइ गरी बुधबार सिथि नखः पर्व मनाएको छ । नेवार समुदायले मनाउने यो पर्व वर्षाअघिको अन्तिम चाडका रूपमा समेत लिइन्छ । यो समयमा पानीको सतह पूरै घट्ने भएकाले स्रोत सरसफाइ गर्न सजिलो हुने बताइन्छ । सिथि नखः का दिन पानीका मुहान, इनार, कुवा र घरटोल वरपर सरसफाइ गरिन्छ । भाषा तथा संस्कृतिविद् गणेशराम लाछीका अनुसार सिथि नखः पर्वसँगै वर्षा सुरु हुने र सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने गर्छ । यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा लिइन्छ ।
नेपाल पुलिस क्लब तथा टिपटप हेल्प नेपालले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीसहित तीन भारतीय राष्ट्रिय टोलीका खेलाडी सम्मिलित एभरेस्टलाई ३–२ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो । सुरुवाती दुई सेट जितेको पुलिसले त्यसपछिको दुई सेट गुमाए पनि पाँचौँ सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।
उपत्यकाका पाटन, काठमाडौँ, नाला र चोभारका मत्स्येन्द्रनाथ अर्थात् लोकेश्वर जस्तै मध्यपुर थिमिमा पनि लोकेश्वरको खट यात्रा शताब्दीदेखि हुँदै आएको छ । मध्यपुर थिमिको मरु टोलस्थित हेमवर्ण महाविहारमा लोकेश्वर राखिएको छ । यहाँका लोकेश्वरलाई पद्मपाणि लोकेश्वर भनिन्छ ।
आमा भएर बोकी हेर सन्तानका खुसीहरू... कला, सङ्गीत र साहित्यका विविध विधामा आमासम्बन्धी चर्चा धेरै नै हुने गरेको पाइन्छ । सामाजिक संस्कृतिकै रूपमा नेपाली समाजमा आमाको मुख हेर्ने पर्व धुमधामसाथ मनाइँदै आएको छ । मातातीर्थ औँसी अर्थात् जन्म दिने आमाको विशेष सम्झना, आदर र सम्मान गर्ने पर्वका रूपमा नेपाली समाजका बुधबार धुमधामसाथ मनाइयो । मातातीर्थ औँसीमा छोराछोरीले मिठा परिकार र नयाँ कपडालगायत उपहार आमालाई दिएर मुख हेर्ने चलन रहेको छ ।
आमा टुँडालदेवीलाई छोरी भाटभटेनीले भेट्न जाँदा आफ्नी आमाको एक व्यक्तिसँग अनैतिक सम्बन्ध रहेको थाहा पाउँछिन् । त्यसपछि रिसाएर फर्केकी भाटभटेनीको गहना पोखरीमा हराउँछ । त्यही गहना खोज्न पोखरीमा देवीको खट लगी जात्रा गरियो । सोही गहना खोज्ने परम्परा अन्तर्गत यो जात्रा हालसम्म जीवन्त रहँदै आएको छ । टुँडालदेवीको खटलाई हाँडीगाउँस्थित गहनापोखरीभित्र तीन पटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने तिसाः मालिगू जात्रा गरिन्छ । लिच्छवीकालदेखि सुरु भएको मानिने सो जात्रा अरू स्थानका जात्राभन्दा भिन्न छ । त्यसैले ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने आहान पनि चलनमा छ ।
भक्तपुरको सबैभन्दा ठुलो सांस्कृतिक उत्सव बिस्काः जात्राका क्रममा नयाँ वर्षको दोस्रो दिन अर्थात् वैशाख २ गते मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने जात्रा धुमधामसँग मनाइएको छ । यस वर्ष सुजन बाग श्रेष्ठले दोस्रो पटक आफ्नो जिब्रो छेडाएर यो परम्परालाई निरन्तरता दिनुभयो । योभन्दा पहिला उहाँका बुवा बुद्धकृष्ण बाग श्रेष्ठले नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आउनुभएको थियो । चैत मसान्तका दिन महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि सुरु हुने जात्रामा श्रेष्ठ समुदायका व्यक्तिले जिब्रो छेड्ने प्रचलन अनुसार यो पटक २८ वर्षका सुजन बाग श्रेष्ठले जिब्रो छेड्नुभएको हो ।
ऐतिहासिक महत्व बोकेको भक्तपुरमा बिस्काः जात्राको रथ निर्माण गर्ने काम द्रुत गतिमा भइरहेको छ । तान्त्रिक विधि अनुसार काठैकाठले प्यागोडा शैलीमा ३५ फिट अग्लो भैरव र भद्रकालीको रथ निर्माण कार्यमा स्थानीय बासिन्दाको सहभागिता जुटेको छ । भक्तपुरको टौमढीस्थित ङातापोल्हँ अर्थात् पाँचतल्ले मन्दिरअगाडि बिस्काः जात्राका लागि भैरवनाथको रथ निर्माणमा जुटिरहेका छन् । तीनतले प्यागोडा शैलीमा रथ निर्माण गरिने नाइके प्रेमलाल शिल्पकारले जानकारी दिनुभयो । उहाँले करिब १० फिट अग्लो रथमा चार वटा पाङ्ग्रा निर्माण गरिने बताउनुभयो । आठ दिन, नौ रातसम्म चल्ने बिस्काः जात्राको महìवपूर्ण अङ्गका रूपमा भैरवनाथको रथलाई लिने गरिन्छ । नाइके शिल्पकारका अनुसार भैरवको बाहिरी ढाँचा तयार भइसकेको छ । जात्रा यही चैत २८ गते आयोजना हुने छ ।
गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि काठमाडौं उपत्यकामा होली पर्व प्रारम्भ हुन्छ । गत आइतबार बिहान ७ बजेर ४७ मिनेटको शुभ साइतमा चीर ठड्याइएको थियो । फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ ।
भक्तपुरबाट निकालिने ऐतिहासिक नवदुर्गा देवगण ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) मङ्गलबार धुलिखेलमा प्रदर्शन गरिएको छ । नवदुर्गा देवगणका विभिन्न नेवार बस्ती परिक्रमा गर्ने क्रममा धुलिखेल नगर परिक्रमा गरी नृत्य प्रदर्शन गरिएको हो । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भक्तपुरको नवदुर्गा धुलिखेलमा ल्याइने चलन रहेको नवदुर्गा देवगण नारायणमान वनमालाले जानकारी दिनुभयो । धुलिखेलमा जात्रा सकिएलगत्तै नवदुर्गा श्रीखण्डपुर र चौकोट लगिने छ । नगरपालिकाले नवदुर्गा जात्राका अवसरमा मङ्गलबार स्थानीय पर्वका रूपमा बिदा गरेको छ । धुलिखेल नगरपालिकाको आयोजनामा नवदुर्गा देवगणलाई द्यो ब्वयकेगु (ठुलो भोजनग्रहण) गराइएको छ । धुलिखेलवासी नवदुर्गा देवगणलाई आफ्नो कुल देवताका रूपमा पुज्दै आएका छन् ।
अघिल्लो पुस्तासम्म पनि होलीको लोकभाका गाउँदै आफूलाई मन परेको मान्छेसामु गीतमार्फत आफ्ना भावना व्यक्त गर्ने चलन थियो । महिला पुरुष सबैका लागि प्रेम अभिव्यक्त गर्ने अवसर हुन्थ्यो होली अर्थात् फागुको समय । रङ खेल्ने मात्र होइन, रङ जस्तै स्वच्छ माया पिरती लगाउने उपयुक्त मौसम पनि यसै समयलाई मानिन्थ्यो ।
पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा शुक्रबार महाशिवरात्रि पर्व मनाइँदै छ । आराधना र स्तुतिबाटै छिटै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवलाई यो दिन प्रसन्न राख्दा इहलोक र परलोक दुवैमा सुख र शान्ति हुने विश्वास रहेको छ । ज्योतिष विशाल भण्डारीले आकार निराकार दुवै तरिकाले शिवको आराधना गर्न सकिने पुज्य देवताका रूपमा शिवलाई लिइने जानकारी दिनुभयो । उहाँले बडादसैँअघिको कालरात्रि, कृष्ण जन्माष्टमीको मोहरात्रि, लक्ष्मीपूजाको सुखरात्रि र यो महाशिवरात्रिको धार्मिक शास्त्रमा उच्चताका साथ महत्व दर्शाइएको बताउनुभयो ।
पाश्चात्य नृत्यको एक विधा हिपहपले नेपाली युवा पुस्तालाई आकर्षित गरिरहेको छ । केही दिनअघि काठमाडौँमा सम्पन्न हिपहप मेलामा युवा पुस्ताको सहभागिताले पनि यो नृत्य अब नेपालमा अझ मौलाउने सङ्केत गरेको छ । हिपहप संस्कृतिलाई सामाजिक परिवर्तन र अभिव्यक्तिको साध्यका रूपमा मनाउँदै काठमाडौँमा हिपहप मेलाको आयोजना गरिएको हो ।
घरेलु टिम नेपालले साफ महिला यु–१६ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ । सातदोबाटोस्थित एन्फाको खेल मैदानमा हुने प्रतियोगिता शुक्रबार सुरु हुँदै छ । नेपालको महिला यु–१६ को कप्तान भूमिका बुढाथोकीले तयारी राम्रो भएकाले आफ्नो टिमको लक्ष्य नेपाललाई स्वर्ण जिताउने रहेको बताउनुभयो । उहाँले एन्फाको मैदानमा प्रशिक्षण भएको र प्रतिस्पर्धा पनि सोही मैदानमा हुने भएकाले आफूहरूलाई फाइदा हुने छ, भन्नुभयो । ‘वाफ महिला च्याम्पियनसिपमा राष्ट्रिय महिला टोलीका दिदीहरूले गरिरहेको शानदार प्रदर्शनले पनि प्रोत्साहन मिलेको छ । “हामी उपाधि जित्न नै खेल्ने छौँ,” कप्तान भूमिकाले भन्नुभयो ।