होली (फागुपूर्णिमा) नजिकिएसँगै असनको रामचन्द्र खड्गीलाई रङ तथा होलीको लुगा बेच्न भ्याइनभ्याई छ । फागु खेल्न सेतो टी–सर्ट वा होली लेखिएको लुगा अनिवार्यजस्तै भएपछि सबैको मन लोभिएको हो । उहाँले ‘ह्याप्पी होली’, होलीका रङ, मिलेर खेलौँ होली लेखिएका टी–सर्ट बिक्री गर्दै आउनुभएको छ । बच्चा तथा युवा पुस्ताले यस्ता लुगा बढी खरिद गर्ने अनुभव उहाँले व्यक्त गर्नुभयो । खड्गीले होलीको एक दिन अगाडि भने धेरै लुगा बिक्री हुने बताउनुभयो ।
सुन्दर नङले मानिसको सौन्दर्य वृद्धिका लागि ठूलो भूमिका खेलेको हुन्छ । हिजोआज नङकै सौन्दर्यलाई ध्यानमा राखेर विभिन्न उपाय अपनाउन थालिएको छ । त्यसकै उपज हो– नेल आर्ट । नेल आर्ट अर्थात् हातगोडाका नङ सजाउने कलाले नारीको सौन्दर्यलाई आकर्षक बनाउँछ । पछिल्ला वर्षमा नेल आर्ट गर्ने चलन नेपालमा निकै लोकप्रिय भइरहेको छ ।
शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार मङ्गलबार विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । प्रत्येक वर्ष शेर्पा समुदायले फाल्गुण शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउने गर्छन् । यो वर्ष क्ष्यु मो ह्ये लो (खरायो वर्ष) २१५० मनाइएको हो ।
नेवारी संस्कृतिको मात्रै नभएर नेपाली सङ्गीतकै एक महत्त्वपूर्ण र मौलिक विधा हो, दाफा सङ्गीत । दाफा सङ्गीतमा शास्त्रीय सङ्गीतको उच्चतम सम्मिश्रण पाउन सकिन्छ ।
कलाकारहरू आफूलाई व्यस्त मात्र होइन चुस्तदुरुस्त बनाउँदै फेसनेबल देखिन सधैँ आतुर हुन्छन् । नेपाली कलाकरमा पनि शारीरिक र मानसिक
पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा शनिबार महाशिवरात्रि पर्व मनाइँदै छ । आराधना र स्तुतिबाट छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवलाई यस दिन प्रसन्न राख्दा इहलोक र परलोक दुवैमा सुख र शान्ति हुने विश्वास रहेको छ ।
अमेरिकाबाट विवाहका लागि नेपाल आउनुभएका सुजन राजभण्डारीले विवाहको शुभसाइत (स्वयम्बर)कालागि लुगा सिलाउन नै भ्याउनुभएन। “साथीको सल्लाहबमोजिम दुलाहीको कपडा भाडामा दिने थाहा भएपछि त्यही लिएर लगाएँ” उहाँले भन्नुभयो, “विवाह वा कुनै विशेष समारोहमा लगाइने औपचारिक पहिरन एक पटक लगाएपछि दोहो-याएर लगाउने चलन छैन, त्यसैले पनि भाडामा लिने ठिकै लाग्यो।”
विवाहको मौसम सबैलाई सुन्दर त देखिनु नै प-यो। आफूलाई राम्रो र फरक देखाउन विभिन्न उपाय अपनाउने क्रममा अनुहारमा फेसियल गर्ने प्रचलन निकै लोकप्रिय बनेको छ। सामान्य भाषामा भन्नुपर्दा छालाको मृत कोषिकाहरू हटाएर अनुहारलाई चम्किलो र तरोताजा राख्न फेसियल गरिन्छ। धुलो, धुवाँका कारण छाला रुखो, सुक्खा भएर प्राकृतिक चमक हराएर अनुहारमा दाग–धब्बा, ब्ल्याक हेड, चाउरीपन, डार्क सर्कल देखिन्छ। यस्तोमा फेसियलले सफा गर्ने र छालालाई निखार्ने काम गर्छ।
तन्वी– निकै जिज्ञासु स्वभावको छिन् । हरेक कुरामा उनी आफूलाई आत्मविश्वासका साथ प्रस्तुत गर्छिन् । हालै सम्पन्न मिस एल.आर.आई आइडर २०२२ को प्रतिस्पर्धामा पनि उनले आफ्नो यस्तै क्षमता प्रस्तुत गरिन् । जसले उनलाई उपाधि विजेता बनायो । उपाधिसँगै उनले ‘मस्ट ट्यालेन्ड’ उपाधि पनि हात पारिन् । कलङ्कीस्थित एल.आर.आई स्कुलमा कक्षा ६ मा अध्ययनरत तन्वी फुलारा विद्यालयको प्रतिभाशाली विद्यार्थी हुन्
भक्तपुरको मुना सुवाललाई नेवारी परम्परागत पहिरन हाकुपटासीलाई आधुनिकीकरण गरी विभिन्न डिजाइनको लुगा लगाउन मनपर्छ। उहाँ साधारण हाकुपटासीभन्दा यसबाट बनेको वान पिस वा लेहेङ्गा लगाउन मन पराउनुहुन्छ। उहाँले हाकुपटासीलाई नयाँ डिजाइनका लुगा लगाउँदा आफू फेसेनेबल देखिनुका साथै आफ्नो मौलिक पहिरनको संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँ धेरै जसो नेवारी चाडपर्वका बेला हाकुपटासी लगाउने बताउनुहुन्छ तर हाकुपटासीको महत्वका बारे भने अनभिज्ञ हुनुहुन्छ। उहाँले यसको महत्वभन्दा पनि पहिरन र संस्कृतिको संरक्षणका लागि यो पहिरनलाई रोजेको बताउनुभयो।
नेपाली समाजमा हिजोआज विवाहको मौसममा दुलहीले मेहदी लगाउने प्रचलन अनिवार्यजस्तै बनिसकेको छ। आयातित संस्कृतिको सिको गर्दै मेहदी कार्यक्रमले नेपाली समाजमा जरो गाडिसकेको छ। सुन्दर फूलबुट्टासहित हातमा मेहदी लगाउन दुलहीहरू पनि उत्साहित भएका पाइन्छ। हरियो वा पहेँलो लुगामा सजिएर हरेक दुलहीका घरमा मेहदी कार्यक्रम भइरहेको हुन्छ।
माघ महिना विवाहको सिजनमा सुन्दर र व्यक्तित्वमा निखार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने मेकअप (शृङ्गार) अनिवार्य हुनुपर्छ। ब्युटिपार्लर जान सबै समर्थ हुँदैनन्। हामीले घरमै बसेर पनि पार्लरको जस्तै मेकअप गर्न सकिन्छ। मेकअप अनुहार, हाइट, शारीरिक बनावटका आधारमा गरिन्छ। घरमै मेकअप गर्नका लागि शृङ्गारका सामान जुटाउनुपर्छ, जुन बजारमा सजिलै उपलब्ध हुन्छ। मेकअपका लागि चाहिने साम्रगीमा क्लिनजर, सनब्लक, मोइस्राइजर, कन्सिलर, फाउन्डेसन, पाउडर, ब्रलसर, प्यान स्टिक, स्पन्ज र पफ, आँखाका लागि आइलाइनर, गाजल, मस्कारा, आइस्याडो, ग्रिटर, फल्स ल्यासेस (परेला), आइल्यास ब्रस, ओठका लागि लिप लाइनर, लिपिस्टिक, लिप ब्रस, लिप ग्रल्स, टीका, नेल पोलिस, मेहेन्दी आदि–इत्यादि चाहिन्छ।
माघेसङ्क्रान्तिको तयारीसँगै जाडोमा शरीर तताउनसमेत निकै उपयोगी मानिएको चाकुले यति बेला सबैलाई लोभ्याउने गरेको छ ।
मेरो टोपी कैलाशको शिर जस्तो, हिमाली भीर जस्तो कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने... गोपाल योञ्जनको यो गीतले भनेझैँ टोपी पहिरिएपछि छाती चौडा भएको अनुभूति हुन्छ। टोपी सौन्दर्यको साधन मात्र होइन राष्ट्रको पहिचान पनि भएकाले गौरवको महसुस हुने गरेको छ।
महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो लगाएर सजिएका थिए भने पुरुष टोपी, भोटोमाथि भाङ्ग्रो लगाई कछाड र पटुकी बाँधी समूह बनाएर घाटु, सोरठी, कौडा नाचमा व्यस्त थिए। गुरुङ समुदायले पुरानो वर्षको बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ चाड शुक्रबार धुमधामसँग मनाएका छन्।