• १३ वैशाख २०८१, बिहिबार

अब्बल जिज्ञासु तन्वी

blog

तन्वी– निकै जिज्ञासु स्वभावको छिन् । हरेक कुरामा उनी आफूलाई आत्मविश्वासका साथ प्रस्तुत गर्छिन् । हालै सम्पन्न मिस एल.आर.आई आइडर २०२२ को प्रतिस्पर्धामा पनि उनले आफ्नो यस्तै क्षमता प्रस्तुत गरिन् । जसले उनलाई  उपाधि विजेता बनायो ।  उपाधिसँगै  उनले ‘मस्ट ट्यालेन्ड’ उपाधि पनि हात पारिन् । कलङ्कीस्थित एल.आर.आई स्कुलमा  कक्षा ६ मा अध्ययनरत तन्वी फुलारा विद्यालयको प्रतिभाशाली विद्यार्थी हुन् 

उनी गायनमा पनि अब्बल छिन् । विभिन्न कार्यक्रममा गीत गाएर उनले पुरस्कार पनि पाएकी छिन् । प्रतियोगिताको सुरुवातदेखि नै उनको हरेक कुरामा तर्कसहित उत्तर दिने शैलीले उपस्थित सबैको मन जितेकी थिइन् । यस्तो कार्यक्रममा भाग लिँदा रमाइलो हुने रहेछ, तन्वीले रमाइलो अुनभव सुनाउँदै भनिन, “कार्यक्रमले मेरो आत्मविश्वास बढाएको छ भने नयाँ कुरा सिक्ने मौका दियो । मोडलिङको ज्ञान पनि भयो ।” यो सौन्दर्य प्रतियोगिता मात्र नभएर प्रतिभा प्रस्तुत गर्ने मञ्च जस्तो लागेको छ । 

हामीले फुर्सदको समयको सदुपयोग गर्नुपर्छ । समयलाई कहिल्यै खेर जान दिनु हुँदैन । जसले समयको महत्त्व बुझ्दैन उसले भविष्यमा पछुताउनु पर्छ । यो कुरो जीवनमा सधैँ ख्याल गर्नुपर्छ । 

विद्यालयको कविता वाचन प्रतियोगिता तथा इस्पेलिङ प्रतियोगितामा पनि तन्वीले भाग लिएर पुरस्कृत भएकी थिइन् ।  कोभिडबारे जानकारी दिन उनले बनाएको भिडियो पनि पुरस्कृत भएको थियो । उनी स्काउटमा पनि सक्रिय छिन् । जुनसुकै तालिम पनि मन लगाएर गर्ने, कुनै क्यापमा जाने तथा अरूलाई सहयोग गर्न सधैँ अगाडि नै हुनुहुन्छ । तन्वी भन्नुहुन्छ, हामीले फुर्सदको समयको सदुपयो गर्नुपर्छ । समयलाई कहिल्यै खेर जान दिनु हुँदैन । जसले समयको महत्व बुझ्दैन उसले भविष्यमा पछुताउनुपर्छ । यो कुरो जीवनमा सधैँ ख्याल गर्नुपर्छ । धेरै जसो प्रतियोगितामा अब्बल स्थान हासिल गर्ने सरल स्वभावका उहाँ आफ्नो प्रतिभा देखाउन कहिल्यै पछि पर्नुहुन्न । 

भविष्यमा आर्किटेक इन्जिनियर बन्ने  उनको चाहना छ । चित्र बनाउने, नाच्ने, गाउने मात्र नभएर क्राफ्ट तथा कथाका किताब पढ्न पनि उत्तिकै रुचि राख्नुहुन्छ । नयाँ खेल होस् या कुनै क्रियाकलाप सधैँ सिक्न उत्सुक हुनुहुन्छ । साइक्लिङ, ब्याडमिन्टन खेल्न रुचाउने तन्वी एक राम्रो कथा वाचिका पनि हुनुहुन्छ ।