• १२ चैत २०८२, बिहिबार

मतदानमा खेलकर्मीको सक्रिय सहभागिता

blog

काठमाडौँ, फागुन २२ गते । देशमा नयाँ नेतृत्वका लागि बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा सर्वसाधारणसहित विभिन्न क्षेत्रका व्यक्तिले सक्रियताका सहभागिता जनाए । जसमा खेलकर्मी पनि पछाडि पर्ने कुरै भएन । नेपाली खेलकर्मीले पनि देश निर्माण, परिवर्तन र समृद्धिको आशामा उत्साहजनक रूपमा निर्वाचनमा भाग लिएका छन् ।

नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले मत दिएर देशको विकासका निम्ति आफ्नो कर्तव्य पूरा गरेको बताउनुभयो । काठमाडौँ क्षेत्र नं. १ अन्तर्गत बुद्धनगरको काठमाडौँ स्वप्न वाटिका एसएस एन्ड कलेज पुगेर सचिव खड्काले मतदान गर्नुभएको हो । उहाँले भन्नुभयो, “अब जो आए पनि स्थिर सरकार होस् भन्ने आशा गरेको छु । उहाँहरूलाई पाँच वर्षसम्म बिनाअवरोध काम गर्ने वातावरण बनोस्, त्यही कामना गर्दछु ।”

पारसले अब बन्ने नयाँ सरकारबाट खेलकुद प्राथमिकतामा पर्ने अपेक्षा गर्नुभएको छ । “विगतका चार/पाँच वर्षमा खेलकुदलाई महत्वसाथ हेरिएको छ । यस क्षेत्रलाई थप माया गर्ने अपेक्षा लिएको छु । खेलकुदमा भविष्य बनाउन सक्ने वातावरण बन्न सकोस् भन्ने हो । त्यसलाई लगानी गर्ने वातावरण बनाउनुका साथै खेलकुदलाई बलियो बनाउन यसलाई जगदेखि नै लाग्नु पर्छ । 

पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी चुनावप्रति निकै उत्साहित हुनुहुन्छ । “अब देशले समृद्धि र परिवर्तनको बाटो रोज्ने छ,” उहाँले भन्नुभयो, “मेरो मतले देशमा विकासको हुन्छ । कानुन परिवर्तन हुन्छ र देश सुविधा सम्पन्न हुन्छ भन्ने अपेक्षा लिएको बताउनुभयो ।” गौशाला क्षेत्र नं. ४ बाट मत खसाल्नुभएका नेगीले भदौ २३ र २४ गते जेन्जी भाइबहिनीले देश परिर्वनका लागि गरेको बलिदान खेर नजाओस् भन्ने कामना आफूले गरेको छु, भन्नुभयो । 

यसै गरी गोल्डेन गल्र्स सन्तोषी श्रेष्ठले धाडिङ क्षेत्र नं. २ बाट मत खसाल्नुभयो । सन्तोषीलाई यसपालिको चुनावमा भने भाग लिने मन थिएन तर उहाँ असल नागरिकको कर्तव्यबाट पछि हट्न सक्नुभएन र मत दिनुभयो । जेन्जी भाइबहिनीले गर्नुभएको बलिदानको कदरस्वरूप नै निर्वाचनमा भाग लिएकी हुँ, मेरो एक मतले देश परिवर्तन हुने छ भन्ने अपेक्षा गरेको छु । मेरो मतले राम्रो नेतृत्व आउँछ भन्ने आशा पनि छ र जेनजीले गरेको त्यागको कदरका साथै समृद्धि र सुशासनमा अब मेरो देश जाने छ भन्ने विश्वास लिएकी छु, सन्तोषीले भन्नुभयो ।

नेपाली महिला कबड्डी टिमकी कप्तान मानमती विष्टले पहिलो पटक मतदान गर्नुभयो । त्यसैले पनि उहाँले आफू थप उत्साहित र खुसी भएको प्रतिक्रिया दिनुभयो । नेपाल प्रहरीमा आबद्ध मानमतीले सर्लाही हररिया क्षेत्र नं. ४ मा मतदान गर्नुभएको हो । “केही परिवर्तन र देशको विकास होस् भन्ने अपेक्षाका साथमा मत दिएकी छ । अवको नेतृत्वले देशमा शान्ति ल्याउने अपेक्षा गरेको छु । विगतमा जनताले जति दुःख भोगेको छ अब बन्ने सरकारले त्यसमा विचार पु¥याउँछ भन्ने आशा गरेको छु” उहाँले भन्नुभयो । 

मानमतीले पनि जेनजीले गरेको आन्दोललाई कदर होस् र ज्यान गुमाउनेको योगदान खेर नजाओस् भनी कामना गर्नुभयो । यसै गरी बिहीबार भएको मतदानमा कुनै पनि हुलदङ्गा नभई शान्तिपूर्वक निर्वाचन सम्पन्न भएकोमा पनि मानमतीले खुसी व्यक्त गर्नुभयो ।   

Author
यलु जोशी

उहाँ गोरखापत्रका लागि खेलकुद विट हेर्नुहुन्छ ।