• ४ जेठ २०८१, शुक्रबार

प्रतिभा

रुहानाको कला

blog

समाजमा साना बालबालिकाले गरेका सानो राम्रो कामले पनि सकारात्मक सन्देश दिन सकिन्छ । यस्तै कुरा हाम्री सानी नानी रुहाना रुपाखेतीले गरेकोे कामबाट पनि सिक्न सक्छौँ । उनले यस्तै सिर्जनात्मक काम गरेर देखाएकी छिन् । 

उनले पढेर खेर जाने  पत्रपत्रिकाबाट नयाँ नयाँ डिजाइनको ड्रेस बनाएकी छन् । उनले कुनै पनि सामान पुनः प्रयोग गर्न सकिन्छ भन्ने सन्देश प्रवाह नै उनको  लक्ष्य हो । उनले पत्रपत्रिकाको प्रयोग गरेर विभिन्न खालका सामान बनाएकी छन् । उनले यस्तै खेर जाने सामानबाट विभिन्न सामान बनाएर प्रदर्शनमा पनि राखेकी थिइन् । यस्तै उद्देश्य राखेर गरिएको सामग्री बनाउने प्रदर्शनीमा रुहानाले दोस्रो स्थान पनि प्राप्त गरिन् । उनको चाहना छ, यस्ता खेर जाने सामग्रीबाट उपयोगी सामग्री बनाउन सकियोस् । उनको विचारमा यस्तो काममा लागे बालबालिका पनि समाज विकास र परिवर्तनमा संवाहक बन्न सक्छन् । रुहानालाई सामाजिक विषय अलि ध्यान दिएर पढ्न मनपर्छ । 

रुहानाको भविष्यमा डाक्टर बन्ने लक्ष्य छ । विद्यालयको शिक्षाबाहेक सानो उमेरमा पनि धेरै कुरा गर्न सकिन्छ भन्ने विश्वास राख्ने रुहाना समय छँदै समयको महत्व बुझेर काम गर्न सुझाव दिनुहुन्छ ।

ताहाचलस्थित होली भिजन इन्टरनेसनल स्कुलमा कक्षा ३ मा  अध्ययरत रुहाना असाध्यै जिज्ञासु स्वभावको छिन् । सामाजिक विषयमा भएका कुरा पढेर त्यसलाई व्यहारमा उतार्न आफ्नै घर समाज वरपर तथा आफ्नो परिवारसँग पनि राय सल्लाह सुझाव लिने गर्छिन् । समाजमा के गर्दा राम्रो हुन्छ, के के गर्नुपर्ने भन्ने सेरोफेरोमा सिकाउने भएर मलाई यही विषय मनपर्छ । उनले भनिन् । 

हामी सामाजिक प्राणी हौँ, समाजमा कसरी बस्नुपर्छ भन्ने कुरा जान्न पनि जरुरी छ, उहाँले भन्नुभयो, “मेरो सेरोफेरोमा चित्रमार्फत सामाजिक कुरा सिक्न पाइन्छ । मलाई त्यही मनपर्छ ।”

नृत्य र चित्रकलामा पोख्त उहाँ भन्नुहुन्छ, फुर्सदको समयमा चित्र कोर्न रमाइलो लाग्छ । हिमाल, पहाड र मान्छेको चित्र बनाउन रुचि राख्ने रुहाना नेवारी गीतमा नाच्न उत्तिकै सिपालु छिन्  ।

यति मात्र होइन कुनै पनि चित्रलाई आफ्नो कलाबाट जीवन्त दिन पनि उनी सिपालु छिन् । चित्रबाट आफ्नो नाम विश्वसामु चिनाउने उनको  योजना छ । 

नृत्य र चित्रकलामा पोख्त उहाँ भन्नुहुन्छ, “फुर्सदको समयमा मलाई चित्र कोर्न रमाइलो लाग्छ । हिमाल, पहाड र मान्छेको चित्र बनाउन रुचि राख्ने रुहाना नेवारी गीतमा नाच्न उत्तिकै सिपालु छिन् ।”  

विद्यालयामा आयोजना हुने विभिन्न अतिरिक्त क्रियाकलाप र सौन्दर्य प्रतियोगितामा दोस्रो स्थान हासिल गरेकी रुहानाको मिस नेपाल बन्ने सोच छ । रुहानाको भविष्यमा डाक्टर बन्ने लक्ष्य छ । विद्यालय शिक्षाबाहेक सानो उमेरमा पनि धेरै कुरा गर्न सकिन्छ भन्ने विश्वास राख्ने रुहाना समय छँदै समयको महत्व बुझेर काम गर्न सुझाव दिनुहुन्छ ।