भक्तपुरको हनुमन्तेस्थित हनुमान घाटमा भक्तजनले बिहीबार बिहान नुहाएर माधवनारायणको पूजाअर्चना गरेका छन् । माधवनारायण व्रत सेवा समितिका लक्ष्मीप्रसाद रञ्जितका अनुसार व्रत लिनेहरू बालकदेखि वृद्धसम्म हुने भएकाले उनीहरूको स्वास्थ्यको अवस्थालाई ध्यानमा राखिएको छ ।
आज माघ १ गते अर्थात् माघेसंक्रान्ति । सबै हिन्दु धर्मावलम्बीले यो पर्व धुमधामका साथ मनाउने गरेका छन् । विभिन्न शक्तिपीठमा गई नुहाई शुद्ध भएर पूजापाठ गर्ने चलन यस दिन छ । तातोपानीको
फेसनका पारखीबिच जाडोमा लङ कोट र उलन वानपिस निकै रुचाइने गरेको छ । हरेक मौसममा फेसन गर्नेहरूको सङ्ख्या बढेको फेसन डिजाइनरहरूको अनुभव छ । अहिले हरेक व्यक्ति फेसनप्रति निकै चासो राख्ने गर्छन् । हरेकले युनिक र स्मार्ट देखिन खोज्छन् । यसपालिको जाडोमा लङ कोट र लङ ड्रेसको माग बढेको व्यापारी कोपिला महर्जन बताउनुहुन्छ । उहाँका अनुसार उलन वानपिस निकै रुचाइएको लुगा हो । उलनबाट तयार पारिएका ड्रेस यस पटकको जाडो मौसममा हरेकको रोजाइमा पर्न सफल भएको छ । सहरिया युवतीको रोजाइमा पर्न सफल भएको उलन वानपिस थरी थरीका डिजाइनमा उपलब्ध रहेको महर्जनको भनाइ छ । यस्तै लेदर ज्याकेट र उलन टिसर्ट पनि रोजाइमा नै रहेको उहाँले जानकारी दिनुभयो ।
आइतबार राजधानीको टुँडिखेलमा महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिट्को गुन्यु र मजेत्रो लगाएर सजिएका थिए भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाई कछाड र पटुकी बाँधी समूह बनाएर घाटु, सोरठी, कौडा नाचमा व्यस्त थिए । गुरुङ समुदायले पुरानो वर्ष (बिरोलो वर्ष) लाई बिदाइ गरी नयाँ वर्ष (गरुड वर्ष) लाई स्वागत गर्ने दिनका रूपमा आइतबार तमु ल्होसार धुमधामसँग मनाउने क्रममा यस्तो दृश्य देखिएको हो । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना ग¥यो ।
नेवार समुदायमा यःमरी पुन्ही (पूर्णिमा) को भोलिपल्टलाई ‘मतिना पारु’ अर्थात् माया गर्ने दिनका रूपमा लिने गरिन्छ । नेवारी समुदायमा करिब करिब लोप भइसकेको प्रेम दिवसबारे सामाजिक सञ्जालमा भने शुभकामना दिनेहरूको सङ्ख्या अधिक रहेको छ । युवापुस्ताले आफ्नो संस्कृति बचाउन वसन्तपुरमा विभिन्न सांस्कृतिक कार्यक्रम गरी ‘मतिना पारु’ हर्षोल्लासका साथ मनाएका छन् ।
वा पासा वा वा सकलें वा छेँखापतिं यःमरी फ्वं वनेवा... त्यःछिं त्यः बक छिं त्यः लातापाता कुलिंचा जुस्सें त्यः ...’ नेवार समुदायमा यःमरी पुन्हीका दिन यस्तै गीत गाउँदै यःमरी माग्न जाने प्रचलन रहेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार प्रधानमन्त्री कप महिला टी–२० (पिएम कप) राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । क्यानले पत्रकार सम्मेलन गरी सहभागी सातै प्रदेश र यस प्रतियोगिताको सर्वाधिक सफल टिम एपिएफ पनि तयारी अवस्थामा रहेको जनायो । पिएम कप बिहीबार सुरु हुँदै छ । आगामी पुस १७ गते सकिने प्रतियोगिता त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने छ ।
काठमाडौँ उपत्यकालगायत नेवार समुदायको बाहुल्य रहेका ऐतिहासिक सहरमा हर्षोउल्लासका साथ बिहीबार इन्द्रजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन सहकाल र वर्षाका देवता इन्द्रको यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत अन्य स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
हनुमानढोका दरबारअगाडि मङ्गलबार लिङ्गो (यंसी) उठेपछि आधिकारिक रूपमा येँया पुन्ही (इन्द्रजात्रा) सुरु भएको छ । आठ दिनसम्म चल्ने यो पर्व उपत्यकावासीको महत्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो बिहान १०:३६ मा ठड्याउने साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको हो । नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रुख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।
हिन्दु नारीको महान् चाड हरितालिका तिजका दिन सोमबार महिला विगतमा जस्तै शिवालयहरूमा गीत गाउँदै छमछमी नाचे । उनीहरू टिकटक बनाउन र सेल्फी खिच्न पनि व्यस्त बने । टिकटक बनाउने भिडमा महिला मात्र होइन, पुरुष पनि उत्तिकै थिए । पहिले पहिले पिर, वेदना, व्यथा, हर्ष र दुःखसुख मिसिएको तिजका भाका गुन्जिन्थ्यो । सासूबुहारीका कुरा, थिचोमिचो अनि विरह, वेदना मिसिएका गीतले हरितालिका तिजमा रौनक थप्थ्यो । यस पटक भने अहिलेका चर्चित गीतले तिजमा स्थान लिएको देखियो । ती गीत सुन्दा अब नेपाली महिलालाई दुःख नै छैन, वेदना बाँड्ने माध्यम नै छैन जस्तो लाग्छ । प्रायः यस पालि महिला ‘हट एन्ड सेक्सी’ तथा ‘डान्सिङ नम्बर’ हरूमा समूह बनाई नाचेका भेटिए ।
पछाडिबाट तार जोडिएको बाक्लो सेतो पोसाकसहित तरबार बोकेर फेन्सिङका छ खेलाडी हाङजाउ एसियाडका लागि कडा अभ्यास गरिरहेका छन्। खेलाडीको तरबारले विपक्षीको ड्रेसमा छुँदा ‘टुट’ गरेर सँगै रहेको स्कोरबोर्डबाट आवाज आउँछ। एसियाडमा छाप छोड्ने लक्ष्यसहित सर्बियाका प्रशिक्षक ‘डुमा’ को रेखदेखमा प्रशिक्षण भइरहेको छ। एसियाडमा पुरुषतर्फ सेभर इभेन्टस्मा आर्मीका उपेन्द्र शाही, एपिएफका राजेन्द्र गजुरेल र पायस योञ्जन तथा महिलातर्फ फोयल इभेन्टस्मा बागमती प्रदेशकी गोमा आचार्य, एपिएफकी अनिता अधिकारी र एपिएफकै मन्दिरा थापाले प्रतिस्पर्धा गर्नुहुने छ। वीर गणेशमानसिंह राष्ट्रिय प्रतियोगिताबाट बन्द प्रशिक्षणमा परेकाहरूबाट एसियाड जाने खेलाडीहरूको चयन भएको हो।
नेपालमा बास्केटबल निकै लोकप्रिय छ । स्कुल र कलेज स्पोर्ट्समा बास्केटबल नम्बर एक खेल हो । स्वदेशमा यति लोकप्रिय भइसक्दा पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली बास्केटबलको सहभागिता र उपलब्धि त्यत्ति उल्लेखनीय छैन । यद्यपि दक्षिण एसियाली क्षेत्रमा नेपाली बास्केटबल प्रायः पदकबाट वञ्चित हुने गरेको छैन । एसियाली खेलकुदमा भने नेपाली बास्केटबल सहभागितामा मात्र सीमित हुँदै आएको छ । यसपालि चीनको हाङजोउमा हुने १९ औँ एसियाली खेलकुदमा पनि नेपाली खेलाडीले बास्केटबल प्रतियोगितामा सहभागिता जनाउँदै छन् । नेपालको महिला थ्री बाई थ्री बास्केटबल टिमले एसियाको सबैभन्दा ठुलो मेलामा प्रतिस्पर्धा गर्ने छ । महिला बास्केटबल टिमले तेस्रो पटक एसियाली खेलकुदमा सहभागिता जनाउन लागेको हो ।
चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदमा जुडोबाट देशलाई पदक दिलाउन आठ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । हाङझाव एसियाडमा जुडोबाट चार पुरुष र चार महिलाले सहभागिता जनाउँदै छन् । १९ औँ एसियाड खेल्नेमा दाजुबहिनी इन्द्रबहादुर श्रेष्ठ र देवकी श्रेष्ठ पनि हुनुहुन्छ । नेपाल प्रहरीका इन्द्रबहादुर ६६ केजीमुनि र देवकीले ५२ केजीमाथि खेल्नुहुने छ । अन्य खेलाडीमा पुरुष ६० केजीमुनि विकास विक, ८१ केजीमुनि जङ्गबहादुर सारु र १०० केजीमाथि रन्जेश गोले तथा महिलातर्फ ५७ केजीमुनि प्रहरीकी मनीता श्रेष्ठ प्रधान, ७० केजीमुनि पुनम श्रेष्ठ र ७८ केजीमाथि आकृति श्रेष्ठ हुनुहुन्छ । नेपाल जुडो सङ्घले छनोट प्रतियोगिताबाट यी आठ खेलाडी चयन गरेको हो ।
उच्च तापक्रमका कारण मौसम तातिँदै गर्दा ललितपुरवासीले केही दिनयता शीतलताको कामना गरिरहेका थिए । उनीहरूको सो कामना आइतबार पूरा भयो । ललितपुरको पाटन दरबार क्षेत्र र त्यस वरपरका स्थानीयले आइतबार दिउँसो एकछिन भए पनि शीतलता पाए, टन्टलापुर घामको तेजमा अचानक परिवर्तन भई बादल मडारिएपछि स्थानीयले शीतलताको अनुभव गरे ।
नेवार समुदायले पानीका परम्परागत स्रोतको सरसफाइ गरी बिहीबार सिथि नखः पर्व मनाएका छन् । गर्मी मौसम सकेर वर्षायाम सुरु भएका बेला ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथिका दिन यो पर्व मनाइँदै आएको छ । संस्कृतविद् डा चुन्डा वज्राचार्यका अनुसार यस दिन नेवार समुदायले आफ्नो टोल वरपर रहेका पानीको परम्परागत स्रोत इनार, कुवा, पोखरी र ढुङ्गेधाराको सरसफाइ गर्छन् । वर्षात्को भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी सरसफाइ गरी निकास खोल्ने काम यस दिन गरिन्छ । यो दिन सरफाइ गरिएका इनार, कुवा, ढुङ्गेधाराको पानी चार दिनपछि पूजा गरेर मात्र प्रयोग गर्ने परम्परा छ ।