• १३ वैशाख २०८१, बिहिबार

रमजानमा निराहार

blog

काठमाडौँ, चैत ११ गते । इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान शुक्रबारदेखि सुरु भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम समुदायका मानिस दिनमा निराहार व्रत बस्ने गर्छन्। रोजा बस्ने मुस्लिम समुदायले उर्दु क्यालेन्डरअनुसार शुक्रबार बिहान ४ बजेर १० मिनेटदेखि बेलुका छ बजेर २० मिनेटसम्म निराहार (रोजा) बस्नुपर्छ।

समाजसेवी आस्मा बानुका अनुसार शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्ने मान्यता रहेको बताउनुभयो। दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै रोजाको समयतालिका पनि परिवर्तन हुने उहाँले जानकारी दिनुभयो। 

बानुले भन्नुभयो, “रोजा बस्नेले बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्छन्।” रमजान उर्दु पात्रोअनुसार हिजरी संवत् १४४४ हो भने नवौँ महिना हो।  रमजान महिनामा मुस्लिम समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ। दान दिनु गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। शुक्रबार साँझ चन्द्रमा हेरेपछि मस्लिम समुदायका मानिस रमजान व्रत बस्ने प्रचलन छ।

इस्लाम परम्पराको एक महिने रमजान ‘रोजा’ हिजरी (उर्दु) संवत्को ‘सवान’ महिना अन्त्य भएसँगै र बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मौलवी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (विशेष प्रार्थना) गरेपछि यस वर्षको रमजान सुरु भएको बानुले बताउनुभयो। ‘तराबी’ नमाज गरेर भोलिदेखि रमजान सुरु हुने इस्लाम परम्परा छ। सोअनुसार बिहीबार साँझ ‘तराबी’ सम्पन्न गरेका इस्लाम धर्मावलम्बीले ‘रोजा’ सुरु गरेका हुन्। इस्लाम धर्मावलम्बीले गए राति मस्जिद (धार्मिक प्रार्थनास्थल)मा ‘तराबी’ नमाज गर्दै यस वर्षको रमजान सरिफको ‘रोजा’ (व्रत) सुरु गरेका हुन्। इस्लाम परम्परामा अत्यन्त पवित्र मानिएको रमजान महिनामा दिनभरि अन्न, जल केही नखाई एक महिनासम्म ‘रोजा’ गर्ने परम्परा छ।  

नेपाल र छिमेकी भारतमा ‘बुखारे सरिफ’ (भारतको नयाँ दिल्लीस्थित सांस्कृतिक परम्पराको निर्णय दिने अधिकार सम्पन्न धार्मिक निकाय)को निर्णयअनुसार पर्व निर्णय गरिँदै आएअनुरूप गए राति चन्द्रमा देखिएकाले नेपालका मस्लिम समुदायले ‘रोजा’ सुरु गरेको छ।  

बालक, वृद्ध, अशक्त बिरामीबाहेकका सबैले ब्रह्मचर्यमा रही रोजा गर्नुपर्ने मान्यता छ। बिहान सूर्योदयको एक घडीअगाडिदेखि सूर्यास्तको एक घडीपछिसम्म अन्न पानी केही नखाई दिनहुँ नमाज पढेर यो व्रत गरिन्छ। एक महिने रोजा सम्पन्न भएसँगै हिजरी संवत्को ‘सव्वाल’ महिना सुरु हुने र त्यसै दिन इद–उल–फित्र पर्व मनाउने गरिन्छ।    

यो पनि पढ्नुहोस

सुरु भयो रमजान (फोटो र भिडियो)