काठमाडौँ, असोज १४ गते । नेवार समुदायले बडादसैँ मनाउँदैनन् भन्दा अचम्म लाग्न सक्छ । यस समुदायले दसैँको रूपमा मोहनी नखः मनाउने गर्दछन् । नेवार समुदायमा फूलपाती भित्र्याउने चलन छैन । तर अचेल देखासिकीमै भए पनि फूलपाती भित्र्याउने चलन सुरु भएको छ । संस्कृतिविद् पुरुषोत्मलोचन श्रेष्ठ भन्नुहुन्छ, बज्रयान बौद्ध धर्म अनुसार विशेष प्रकारको तन्त्र साधना गरी तयार पारिएको मोहनी सिन्ह (कालो टीका) को नामबाट मोहनी नखः भएको हो ।
मोहनी नखः अन्तर्गत सप्तमीका दिन नेवार समुदायमा केही पनि गर्नु पर्दैन । पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि फूलपातिको प्रचलन नेपाल मण्डलमा सुरु भएको इतिहास रहेको छ श्रेष्ठले थप्नुभयो, “दसैँको सुरु आश्विन प्रतिपदा (घटस्थापना) बाट भए जस्तै मोहनी नखः को सुरु पनि यसै दिनबाट हुन्छ ।
हिन्दुहरूले घर घरमा जमरा राखेर घटस्थापना गरे जस्तै हिन्दु र गैरहिन्दु अर्थात् बौद्धमार्गी नेवारले पनि आश्विन प्रतिपदा अर्थात् कौलाथ्व (पारु) कै दिन आगम घरमा ‘नलाः स्वनेगु’ अर्थात् जमरा राख्ने गर्छन् ।
उहाँका अनुसार वर्षभरि मनाइने थुप्रै चाडपर्वमा मोहनी नखः नेवार समुदायको सबैभन्दा ठुलो चाड हो । मोहनी नखःका बेला अष्टमी, नवमी र दशमीका दिन मनाइने व्रmमशः कुछी भ्वय् (एक पाथी भोज), स्याक्व त्याक्व (काटमार गर्ने दिन) र चालँ (विजयादशमी) को विशेष महìव छ । दशमीदेखि पूर्णिमासम्म नखःत्या (पर्व सकेपछिको भोज) भनी छोरीज्वाइँ, दिदीबहिनीलाई भोज बोलाउने प्रचलन छ ।
यता संस्कृतिविद् ओम धौभडेलले पनि नेवार समुदायले दसैँ नभएर मोहनी नखः मनाउने जानकारी दिनुभो । अष्टमीका दिन घर घरमा कुछी भ्वय् (भोज) गरिन्छ । परिवारका सबै कुलका मानिस ज्येष्ठता व्रmममा बसेर भोज खाने भएकाले यसलाई कुछी भ्वय भनिएको हो । सो दिन मोहनीको अत्यन्तै महìवपूर्ण दिन रहेको धारणा उहाँले व्यक्त गर्नुभयो । धौभडेलले थापना गरिएका देवदेवीसहित अष्टमीका दिन थापना गरिएको पुस्तक तथा सरसामान पूजाआजा गर्नुका साथै भोज खुवाइने जानकारी दिनुभयो ।
उहाँका अनुसार नवमीको दिनलाई नेपाल भाषामा स्याक्व त्याक्व भनिन्छ त्यस दिन मोहनी सिन्हः फयेगु (तयार) गरिन्छ । ंतन्त्रसँग सम्बन्धित मोहनी सिन्हः टीका लगाउनु नै मोहनी नखःको प्रमुख विशेषता हो ।
कुलछी भ्वय् (कुछी भ्वय्)
धौभडेलका अनुसार अष्टमीको दिनमा बिहान सबेरै टोलवासी मिलेर राँगो काटिन्छ । कुलका सबै सदस्य एकै ठाउँ भेला भएर ‘कुलछी भ्वय्’ खान्छन् । कुलछी अथवा कुछीको अर्थ ‘कुलभित्रको मात्रै’ भन्ने बुझिन्छ । उहाँले भन्नुभयो, “कुछी भ्वय्कै दिन जमरा राखिएको कोठामा ‘थापीँ स्वनेगु’ पनि गरिन्छ । माटोको सानो घैँटोमा जाँड, रक्सी र त्यसमाथि सलिँमा (माटोको सानो भाँडा), एक टुव्रmा राँगाको मासु राख्नुलाई ‘थापिँचा स्वनेगु’ भनिन्छ । कुछी भ्वय् केराको पातमा खाने परम्परा छ । कुछी भ्वय्मा दुई माना चिउरा खानुपर्ने मान्यता पनि रहेको छ । सो भोजमा बाह्रथरी परिकार हुनु पर्छ ।
स्याक्व त्याक्व
नेवार समुदायमा नवमीको दिनलाई ‘स्याक्व त्याक्व’ भन्ने गरिन्छ । स्याक्व त्याक्वलाई बलि दिने दिनका रूपमा पनि लिइन्छ । यस दिन आफूले मानिआएका देवदेवीको पूजाआराधना गरिन्छ र बलि चढाइन्छ । यसै दिन कुछि भ्वय्को दिनमा आगम घरमा स्थापना गरिएको ‘थापिँचा’ लाई पनि विधिपूर्वक पूजा गरिन्छ र तान्त्रिक विधि अनुसार मोहनी सिन्हः (कालो टीका) पनि तयार गरिन्छ ।
मोहनी सिन्ह अत्यन्तै महìवपूर्ण भएकाले नेवार समुदायमा निधारमा लगाउँदा रातो र पहेँलो टीकाभन्दा माथि लगाउने चलन भएको धौभडेलले बताउनुभयो । यो टीका लगाउँदा अञ्जन सिद्धि प्राप्त हुने विश्वास छ । यही मोहनी सिन्हःकै कारण यो चाडको नाम मोहनी नखः भएको मानिन्छ ।
मोहनी सिन्हः
मोहनीको मुख्य दिन दशमी हो । यो दिनमा ‘स्वाँ क्वकायेगु’ अथवा ‘चालँ क्वकायेगु’ गरिन्छ । नवमीको दिनमा पूजा गरिएका विभिन्न किसिमका औजारलाई पुनः पूजा गरी पूजाकोठाबाट झिक्नुलाई चालँ क्वकायेगु भनिन्छ । यस व्रmममा कुलमा सबैभन्दा ज्येष्ठ सदस्यले अरू सबै सदस्यलाई निधारमा भुइसिन्हः (सिन्दुरे टीका) र त्योभन्दा माथि मोहनी सिन्हः (कालो टीका) लगाइदिएर नलः स्वाँ र प्रसाद बाँड्ने चलन छ । गलामा ‘क्वखा’ अर्थात् रातो र सेतो कपडाको धरो पनि बाँध्ने चलन छ । अनि थापिँचाको जाँड र पोलेको मासुसहितको समय्बजि खाने चलन छ ।
संस्कृतिविद् जगमान गुरुङका अनुसार ‘मोहनी नख’ मोहनी टीका अर्थात् कालो टीकासँग सम्बन्धित छ । उहाँ भन्नुहुन्छ, “नेवारी परम्परा तन्त्रप्रधान छ । कालो र सिन्दुरको टीका शक्ति आर्जनका लागि लगाइएको भन्न सकिन्छ । कालो टीका लागाएपछि बोक्सी र भूतप्रेतको नजर लाग्दैन भन्ने विश्वाससमेत छ । रोग र शत्रु नलागोस्, विघ्न बाधा शान्त होऊन् भनेर दुर्गा भवानीलाई बालेको बत्तीको गाजलको टीका लगाइन्छ, जसलाई मोहनी थाप्ने भनिन्छ । त्यस कारण नेवार समुदायले दसैँलाई नेपाल भाषामा मोहनी नख भन्ने गरिन्छ ।